Comments Add Comment

एमालेले चुनाव हारेकालाई राष्ट्रियसभामा नपठाउने

उम्मेदवारका लागि ६ बुँदे मापदण्ड तय

फाइल तस्वीर

२८ पुस, काठमाडौं । नेकपा एमालेले स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव हारेका तथा समानुपातिकको बन्द सूचीमा भएकाहरुलाई राष्ट्रियसभा सदस्य नबनाउने भएको छ ।

एमाले केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि ६ बुँदे मापदण्ड बनाएको छ । जसमा ‘स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नभएका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका’ भनिएको छ ।

पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आवद्धता राख्दै विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका, विभिन्न विषयका विज्ञ हुनु पर्ने पनि मापदण्डमा उल्लेख छ ।

एमालेले माघ ५ गतेभित्र उम्मेदवारहरुको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment