+
+
Shares

देउवा र निर्वाचन आयोगले सौदाबाजी गरे: सचिव भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २८ गते १७:२०

२८ पुस, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि मार्गप्रशस्त नगरेर र निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगरेर सौदाबाजी गरेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव भट्टराईले भने,’सर्वमान्य सिद्धान्त के हो भने निर्वाचन सम्पन्न भएपछि पूरानो सरकार विदा भएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्नुपर्छ, यो काम गर्न अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले नबुझेका होईनन्, तर उनले बुझीबुझी बुझ पचाएका छन्, देउवाको नियत सफा देखिएन् ।’

नवनिर्वाचित सांसदद समेत रहेका भट्टराईले भन अहिलेसम्म नयाँ सरकार बनिसक्नुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवादले नै प्रक्रिया अवरुद्ध पार्ने काम गरेको र निर्वाचन आयोगले समेत समस्या सिर्जना गरेको बताए ।

‘हामीलाई अचम्म लाग्छ, निर्वाचन आयोगका पदाधिकारीहरु सौदावाजी गरिरहेका छन्, हामीलाई त जनताको म्याण्डेट प्राप्त भएको छ, अनि हामी सरकार बनाउँछौं भन्दा किन यस्तो सौदावाजी ?’ भट्टराईले प्रश्न गर्दै भने,’आयोगले संवैधानिक काम गरोस्, विलम्ब नगरी तत्काल परिणाम घोषणा गरोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?