शुक्रबार, ५ माघ, २०७४
OnlineKhabar.com

मोदीको शहरबाट पोखरा हानिएको एक जोडी

अजब प्रेमको गजब कहानी

अमृत सुवेदी


आरक्षण आन्दोलनले गुजरात तात्दै थियो । आन्दोलनमा दुई/तीन जनाले आत्महत्या नै गरे । यो घटनापछि आन्दोलनले अझ चर्को रुप लिँदै थियो । ढुंगा हानाहान, लाठी चार्ज गुजरातको दैनिकी बन्दा उनीहरुलाई भने अर्कै कुराले बेजोडले चार्ज गर्दै थियो ।

गुजराती आन्दोलनभन्दा बढी अर्कै कुराको पीर थियो, उनीहरुलाई । पीरलो त पिरतीको थियो । हालका भारतीय प्रधानमन्त्री नरेन्द्रकुमार मोदीको गृहस्थानमा तातेको गुजराती आन्दोलनभन्दा तातो उनीहरुकै आन्दोलनको थियो । एकैछिन छुट्टनिु परे मुटुका छेऊकुना चर्काइदिने गरी बसेको माया थियो ।

उनीहरुले कसम खाए, अब छुट्टएिर बस्न सकिँदैन । के गर्ने त ? ‘छुट्टै बस्न सकिँदैन भने विहे गर्ने,’ उत्तर सजिलो थियो तर विहे सजिलो थिएन । न परिवारको ठाउँ मिल्थ्यो, न संस्कार, संस्कृति मिल्थ्यो । न भाषा र रहनसहन मिल्थ्यो । केही मिल्दैन भने सजिलै विहे गर्न पनि मिल्दैन भन्नेमा दुवै ढुक्क थिए । तर, मन ढुक्क थिएन ।

अन्तत रमाको जोडीले निर्णय गर्‍यो, ‘भागेर विहे गर्ने ।’ भुटान जान लागेको जानकारी गराउँदै प्रेमको गुल्जारमा यो जोडीले गुजरात छाड्यो । राजीव गान्धीको हत्या हुनुभन्दा अघिल्लो वर्ष तातिरहेको गुजरातलाई टाटाबाई गर्दै पिरतीको जुइनो कसेर उनीहरुले देशकै सीमा नै नाघे । दुई दिनको यात्रापछि आधा रातमा गाडी बसपार्कमा रोकियो । बाहिर होडिङबोर्डमा लेखिएको थियो, पोखरा वसपार्क पृथ्वीचोक ।

टिरिङ, टिरिङ । घरमा फोनको घन्टी बज्यो । हेलो… उनले फोन उठाइन् । उताबाट हेलोमात्रै आयो । ‘कौन बोल रहा है ?,’ उनले सोधिन् । ‘हरि भाइ नही है,’ उताबाट आवाज आयो । ‘नही गलत नम्बर’ जवाफ दिएर उनले फोन राखिन् । एक छिनपछि फेरि फोन बज्यो । उही पहिलेकै व्यक्तिले गरेको फोन रहेछ । प्रश्न उही दोहोरियो, घरमा हरि भाइ हुनुपर्ने हो बोलाइदिनुहोस् न ? उनले फेरि पनि रङ नम्बर भनेर फोन राखिन् । प्रत्येक दिन त्यही फोन आउन थाल्यो । घरका अरुले उठायो भने फोन राखिदिने, उनले उठाउँदा बोल्ने । प्रत्येक दिनजसो हरि भाइको ठेगाना सोध्दै फोनमा त्यही आवाज बोलिरहृयो । एक दिन सधैँ ठेगाना सोध्ने आवाजले, उनको नाम सोध्यो । जवाफ दिइन्, ‘रमा’ । उतैबाट फेरि आवाज आयो, ‘म राजकुमार’ ।

त्यो दिन फोन काटियो । भोलिपल्ट फेरि फोन आयो । यसपटक फोनमा अरु बोलचाल थपियो । अर्को दिन पनि उही फोन हरिकै ठेगाना खोज्दै रमाकै कानसम्म आइपुग्यो ।

रमालाई यतिञ्जेलसम्म यस्तो भइसक्यो कि, त्यो फोन कतिबेला आउँछ भनेर प्रतीक्षा हुन थाल्यो । ‘मलाई फोन कतिबेला आउँछ भन्ने खुलदुली हुन्थ्यो । बुबा बितिसक्नुभाथ्यो । भाइ, आमा थिए । उनीहरु हुँदा फोन आए नउठाउने । यताउता लागेको बेला दौडेर गएर फोन उठाउथेँ,’ बैंशालु दिन सम्झँदै एक फोहोरा हाँसो फालिन्, ‘उहाँ त मेरो आवाजबाटै प्रभावित हुनुभएछ । म पनि फोन कतिबेला आउँछ भनेर कुर्न थालिसकेको थिएँ ।’ यसरी रङ नम्बरबाट आएको फोनले उनीहरुको भेटलाई प्रेमको राइट दिशामा लग्यो ।

रमा लुधिआना पञ्जाबकी । राजकुमार गुजराती । परिवार, रहनसहन, संस्कृति सबै फरक ।
लुधिआनाबाट गुजरात पुगेर रमाका बाबुले पुस्तक पसल गरेका थिए । सपरिवारै रमा गुजरात आइपुगेकी थिइन् । उनीहरु राम्रै परिवारमा गनिन्थे । राजकुमार सामान्य परिवारका । उनी मजदुरी काम गर्थे । तर, मरे सँगै मर्ने बाँचे सँगै बाँच्ने कसम खाइसकेका थिए, उनीहरुले । लुकीछिपी दिनहुँजसो फोनमा प्रेमालाभ हुन थाल्यो ।

रमाले यो कुरा संगीहरुलाई सुनाइन् । संगीहरुले उनलाई हकारेछन् । भनेछन्, ‘घरकाले थाहा पाए । तलाईँ मार्छन् । आजै छोड्दे उसलाई ।’ डर त उनलाई पनि नलाग्ने कहाँ हो र ? तर, डरभन्दा माथि सायदै प्रेमको शक्ति हाबी थियो । ‘पञ्जाबी फेमेली अलि कडै हुन्छ । मलाई पनि एकदम डर लाग्थ्योे,’ रमा मुस्कुराइन् । संगीहरुले उसको पिछा हटाउन रमालाई पटकपटक दबाब थिए । रमाले भनिन् पनि, ‘अब फोन नगर, बिर्स मलाई ।’ राजकुमारले भनेछन्, ‘मलाई एकपटक भेट त्यसपछि कहिल्यै फोन गर्दिनँ ।’

यही कुरा संगी लतालाई सुनाइन् ।

लताले भनिन्, ‘उसलाई मेरो नम्बर दिनु । म फकाउँछु र बुझ्छु उ कस्तो मान्छे हो ।’ भोलिपल्ट घरको फोन बज्यो । रमाले उठाइन्, फोन राजकुमारकै थियो । रमाले लतासँगको सल्लाहमुताबिक भनिन्, ‘अबदेखि मलाई फोन नगर्नु । लतालाई फोन गर्नु । उसैसँग कुरा गर्नु ।’ मेरा कुरा उसैलाई भन्नु । दुई जनाको कुरा भयो । रमालाई आउने फोन लतालाई आउन थाल्यो । लताले पनि राजकुमारलाई निरन्तर फोन गर्थिन् । दुई बीचका कुरा फेरि लताले रमालाई सुनाउँथिन् । १/२ महिना यही क्रम चल्यो ।

लता-राजकुमारबीच दिनहुँ कुरा हुन्थ्यो । प्रेमिप्रमिका जस्तै उनीहरुबीच कुरा हुन थालपछि रमालाई लाग्यो, राजकुमार ठिक केटो होइन । उसलाई प्रेम होइन, युवति चाहिएको छ ।

एक दिन लता-राजकुमारबी भेटेरै कुरा गर्ने सल्लाह भयो । तर, राजकुमार अचम्मको सर्त राख्दै भने , ‘प्रेम त तिमीलाई नै गर्छु तर रमालाई पनि लिएर आउनु ।’ रमालाई लिएर जब लता राजकुमारलाई भेट्न गइन्, कथाले अर्कै मोड लियो । घरदेखि केही टाढा शिवजीको मन्दिरमा लता-राजकुमारलाई छाडेर रमा बाहिर बसिन् । केही बेरमा तला एक्लै आएर भनिन्, राजकुमार त केही नबोली गयो ।

राति ८ बजे अचानक रमाको घरमा फोन घन्टी बज्यो रमाले उठाइन्, आवाज राजकुमारकै थियो । रमाले सोधिन्, आज लतासँग किन फर्केको ? राजकुमारले भने, म लतालाई होइन, तिमीलाई भेट्न गएको थिएँ । तिमीलाई भेट्नकै लागि मैले नाटक गरेको हो । ‘मेरो मुटु बेस्सरी धड्क्यो । मन पग्लियो । केही बोलिन फोन राखें, रमा ती दिन सम्झँदै भावुक हुन्छिन्, ‘त्यसपछि यसरी माया झ्याँगियो कि हामी विभिन्न बाहानामा भेट्न थाल्यौं । पार्कमा भेट्यौं, दोकानमा सामान किन्ने बाहानामा भेटौं ।’

मज्जाले हाँस्दै उनले फेरि थपिन्, ‘होटलमा बासै बस्ने गरी चाहिँ भेटेनौं है ।’ एक दिन त नशामै राजकुमार रमाकै घर पुगेछन् । ‘ऊ आउँदा धन्न घरमा कोही थिएन,’ उनी फेरि मुस्कुराइन । त्यसको केही महिनापछि यो जोडी हाम फाल्दै रमाको दिदीकहाँ इलाहाबाद पुग्यो । दिदीले म गुन्डा लगाएर यसलाई खतम गरिदिन्छु, तिमी घर जाउ पनि भनिन् । तर, सँगै मर्ने सँगै बाँच्ने कसम खाएर हिँडेको जोडी थियो, उनीहरुको । रमाकी दिदीलाई रामकहानी सुनाए । दिदीले ५० हजार हातमा थमाइदिइन् र भुटानको जान लागेको ठेगाना बताएर जोडी नेपाल हानियो ।

एक दिनको रङ नम्बरले मायाको जुइनोमात्रै कसेन्, भुगोल र देशको सीमाना नाघेर पोखरासम्म आइपुग्यो । त्यसैले भनिएको होला, प्रेमको कुनै सीमाना हुँदैन्, भूगोल हुँदैन । कुनै व्यक्ति एक अपरिचित शहरमा आउँदा केके भोग्छ, केके कुरामा संघर्ष गर्नुपर्छ ती सबै कुरा उनीहरुका अघि पहाड बनेर उभिएका थिए । तर, उनीहरुले त्यो चिन्ता गरेनन् । खल्तीमा पैसा थियो, पैसा हुनेले शहरमा प्राय दुख पाउँदैन । बास बसेको होटल कन्ठै उ रमालाई, सुनगाभा होटर पृथ्वीचोक । सुनगाभाबाट एकदुइ दिनमै यो जोडीले पोखरा नयाँबजारमा डेरा पायो ।

उनीहरु एक वर्ष यसरी मोज गरे । ‘सुरुको एक वर्ष त मस्ती गरियो । नयाँ फिल्म चल्यो कि हेर्न गइहाल्ने, फेवाताल घुम्ने, आफूले मन लागेको खाने, अरुलाई पनि खुवाउने,’ रमा ती दिन सम्झँदै भन्छिन्, ‘आज मस्ती कराना है, कल देखा जायगा, भनेरै रमाइयो ।’ तर, सधैं त्यसरी कहाँ चल्थ्यो र ? उनले फेरि थपिन्, ‘नयाँ शहर, नयाँ ठाउँमा सेटल हुन धेरै गाह्रो छ तर हामीले छोटो समयमै धेरै मान्छे कमाएका थियौं र त्यति दुख पाएनौं ।’

यो जोडीले पोखरामा सुरुमा डागर इन्टर प्राइजेज खोल्यो, डिमार्टमेन्टल स्टोर खोल्यो, विद्या मन्दिर पुस्तक पसल खोल्यो । अहिलेसम्म पनि रमाको दिनचर्चा विद्या पुस्तक पसलमै बित्छ ।

व्यवसाय गर्दै हाँसी, खुसी गुडिरहेको रथबाट १२ वर्षपछि एउटा पांग्रा खस्यो । आजभन्दा १८ वर्षअघिको एक महिना रमाको जीवनकै कष्टकर महिना हो । राजकुमार एक महिनादेखि हस्पिटलमा भर्ना थिए । हस्पिटल भर्ना भएको महिना दिनपछि राजकुमारको निधन भयो । उनलाई असैहृय पीडा भयो । सायद मान्छे मर्दाको पीडा कसैलाई शैहृय हुँदैन । रमाले त जीवनकै राजकुमार रोजेर देशकै सीमाना नाघेकी थिइन् ।

सुनभागाबाट सुरु भएको पोखरा बसाईमा यो जोडी सुनजस्तो मूल्यवान बनिरहन सकेन बरु सुनजस्तो बन्यों, पहेंलो । गाभाजस्तै बन्यो, जसरी गाभामा पानी तर्किए झैं रमाको जीवनबाट राजकुमारलाई तर्काइदियो, समयले । तर, पनि जति जीवन उनीहरुले सँगै गुजारे, त्यो सुनजत्तिकै मूल्यवान लाग्छ, रमालाई ।

उनलाई पछिमात्रै थाहा भयो, राजकुमारको लिभर क्यान्सरले ज्यान लिएको रहेछ । रमाले त्यसपछि उपचार समस्यामा परेका थुप्रै जनालाई सक्दो सहयोग गरेकी छन् । जीवनको राजकुमार छुटेपछिको जीवनलाई मूल्यवान बनाउने बाटो रोजेकी छन् । त्यो हो मान्छेको सेवा, समाजको सेवा । उनले केही विद्यार्थीलाई पढाएकी छन् । थुप्रै समाजिक संस्थामा सहयोग गरेकी छन् । पढ्न नपाएका बाबुनानीलाई आˆनै पुस्तक पसलबाट कापीकिताब दिएकी छन् ।

नेपाल पत्रकार महासंघ लगायत थुप्रै ठाउँमा उनको सहयोगी हात पुगेका छन् । ‘छोराछोरी छैनन्, जिन्दगीमा यसो गरौंला उसो गरौंला भन्ने छैन,’ रमाले सुस्केरा काडिन्,’जति बाँच्छु, कसैलाई नदुखाइकन, कसैलाई गाली नगरिकन सक्दो सहयोग गरेर बाँच्न सकुँ ।’ राजकुमारको नाममा एउटा प्रतिष्ठान खुलेको छ, डागर स्मृति प्रतिष्ठान । यो प्रतिष्ठानमा पोखराका गन्यमान्यहरु सदस्य छन्, उनीहरुले नै चलाएका छन् । यो प्रतिष्ठानले प्रत्येक वर्ष साहित्य र समाजसेवामा लागेका दुई जनालाई पुरस्कृत गर्दै आएको छ ।

यस वर्ष तिब्बतीय शरणार्थी, जो नेपालमा बसेर लामो समयदेखि समाज सेवा र उद्यम गरिरहेका छन्, सोनम साङ्पोलाई पुरस्कृत गरिएको छ । एउटा देशको भूगोर, सीमाना नाघेर आइपुगेका व्यक्तिहरुले पनि कसरी त्यो समाजमा योगदान पुर्‍याउन सक्छन् र त्यो समाजको हिस्सेदारी कसरी बन्छन् भन्ने उदाहरण हुन् उनी ।

प्रेमको जुइनो कसेर जब उनीहरु पोखरा आए, एकपटक पनि फर्केनन् । ‘भुटान जाने भनेर पोखरा आइयो । त्यसपछि कहिल्यै घर फर्किइएन,’ प्रासर सुनाउछिन्, ‘अहिले आएर तीन फर्केर हेर्दा ठिकै गरेछु भन्ने लाग्छ पछुतो लाग्दैन । यहाँ नै घरजत्तिकै माया पाएकी छु ।’ हेर्दाहर्दै पोखराले धेरै कुरामा रुप फेर्‍यो, तर उनी भने ३० वर्ष पहिले जुन घरको डेरा बस्थिन् आज पनि त्यही घरमा बसेर पोखरेलीसँग साइनो जोडिरहेकी छन् ।

अर्को रोचक कुरा के छ भने रमा र राजकुमारको थर के हो भन्ने यहाँ थाहा छैन । राजकुमार डागर नामले चिनिए, रमा प्रासर नामले चिनिइन् । जातभन्दा माथि उठेर उनले परिचय बनाएकी छन् । राजकुमारलाई गुमाएपछि उनको अर्को समाजलाई बुझ्ने बाटो साहित्य बनेको छ ।


सुकुन कविता संग्रहकी स्रस्टा प्रसारलाई अहिले साहित्यबाटै सुकुन मिल्छ । ‘घर छाडेको ३० वर्ष पुगेछ,’ कुराकानीको बिट मार्दै रमाले भनिन्, ‘कोही घरमा बस्छन् कसैले घर बनाउँछन् । अबको मेरो घर नै यही समाज बनेको छ ।’

मान्छे हेर्दा नेपालीको जस्तो, भाषा र लवज हिन्दी आउने भएपछि उनलाई धेरैले देश र राष्ट्रियतामाथि शंका गर्छन् ।
रमाले त्यसको उत्तरमा कविता नै लेखेकी छन् ।

कोई मुझे कहे नेपाली
कोई कहे भारतीय

कैसे कहुँ मैं उनसे
मेरी कोही मजहब नहीँ
सीमा, जाति व धर्म की जंजीरो में,
मै कभी जकडी नहीँ

मुझसे पुछिये मै हुँ एक आम ईन्सान
प्रकृति है मेरी मा, पिता आसमान

२०७४ पुष २९ गते ११:२९ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • Raj लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते १३:४८

    As I read the story of Rama, got very sentimental. she is alone..she lost her one and only loved person. god may give her strength to move her life ahead helping the needy and poor people. and govt also has to give Nepal’s citizenship to her.

    1
    0
    Share

  • Nir Bahadur Karki लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते १९:१३

    katha ghat lagdo rahechha. tara 30 barsha kaska gharma dera basin

    nepal ka kun kun area ka kas kas le kati ra kun kisimko sahayog garey nepal ra nepali kasto lagyo jasle rama ko nepal rojaema paryo . yasta kura pani lekhidiako bhaya pathakle dherai jankari pauthey.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this