बुधबार, ३ माघ, २०७४
OnlineKhabar.com

दुर्गा तिवारी हत्यामा संलग्न सिंजाली पक्राउ

अनलाइनखबर

२९ पुस, काठमाडौं । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न तुलबहादुर सिंजाली पक्राउ परेका छन् । उनी कतारमा पक्राउ परेका हुन् ।

तिवारीको ४ पुस २०७३ मा हत्या भएको थियो । मनोज पुनको समूहले हत्या गरेको थियो । घटनामा संलग्न सिंजाली फरार थिए । इन्टरपोल नेपाल र इन्टरपोल कतारको समन्वयका आधारमा सिंजाली पक्राउ परेको प्रहरलिे जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि इप्रका बुटवल पठाइने प्रहरी प्रवक्ता मनोज नेउपानेले जानकारी दिए ।

२०७४ पुष २९ गते १९:५५ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • kriparam लेख्नुहुन्छ    |