Comments Add Comment

‘पद्मावत’लाई रिलिज अगावै करोडौंको घाटा !

सेन्सर बोर्डबाट गि्रन सिग्नल पाएपछि पनि संजय लिला भन्सालीको फिल्म ‘पद्मावत’ को दुख सकिएको छैन । भारतका थुप्रै राज्यहरुमा प्रतिवन्ध लगाउनुपर्ने मागका कारण रिलिज अगावै फिल्मलाई करोडौं घाटा हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आगामी २६ जनवरीमा फिल्म रिलिज गर्ने भनिएको छ । त्यसभन्दा अगाडि केही राज्यहरुमा फिल्मको प्रदर्शनमा रोक लगाइएको समाचारहरु आइरहेका छन्  मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले पहिले गरिएको घोषणा अनुसार नै पद्मावतमाथि रोक लगाउने निर्णय गरेका छन् ।

समाचार एजेन्सी एउनआईका अनुसार गुजरातमा मुख्यमन्त्री विजय रुपाणीले पनि फिल्म रिलिजको अनुमति दिएका छैनन् । यसभन्दा अघि वसुन्धरा राजे सरकारले पनि राजस्थानमा फिल्मको प्रदर्शनमा रोक लगाएका थिए । गुजरात विधानसभा चुनावभन्दा आगाडि ऐतिहासिक तथ्यहरुलाई तोडमोड गरिएको विषयमा उब्जिएको बबन्डरपछि यूपी, उत्तराखण्ड र पञ्जाब जस्ता राज्यहरुमा पनि फिल्ममाथि प्रतिवन्ध लगाइने चर्चा थियो ।

दुई सय ५० करोड भारुको महंगो बजेटमा बनेको फिल्म यदि यी सबै राज्यहरुमा प्रतिवन्धित भयो भने फिल्मलाई करोडौंको नोक्सानी हुने पक्का छ । फिल्मले एक राज्यबाट कमसेकम २० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो । यदि बीचमा कुनै हल निस्केन भने फिल्मको लगानी उठाउन धौधौ पर्ने देखिन्छ ।\

यता, करणी सेनाका लोकेन्द्र सिंह कलवीले भने, ‘प्रधानमन्त्रीले विशेष परिस्थितिको आधारमा पद्मावतको प्रदर्शनमा रोक लगाउन सक्छन् । अहिलेसम्म सेन्सर बोर्डले यसलाई क्लीयरेन्स दिएको छैन ।’

उनले थपे, ‘हामी कुनै पनि हालतमा पद्मावतको रिलिज अनुमति दिन सक्दैनौं । क्षेत्रीय मुद्दामा आधारित बाहुबली जस्तो फिल्मलाई लिएर हाम्रो कुनै आपत्ति छैन । हामी पद्मावतीमाथि बन्ने कुनै पनि फिल्मलाई स्वागत गर्छौं । तर, ऐतिहासिक तथ्यहरुमाथि तोडमोड हामीलाई मञ्जुर छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment