३० पुस, काठमाडौं । घुँडाको चोटग्रस्त राष्ट्रिय जुडो खेलाडी रमेश मगरको सफल शल्यक्रिया भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उनको शल्याक्रिया भएको हो ।
सन् २०१० मा एघारौं दक्षिण एशियाली खेलकुदका क्रममा बंगलादेशमा भएको लिफ्ट दुर्घटनामा घाइते भएका मगरको चोट बल्झिएपछि शल्यक्रिया गरिएको हो ।
दुई वर्षअघि भारतमा भएको १२औं सागमा जुडोको ६६ केजीमूनि तौलसमूहमा काश्य जितेका उनको त्यतिबेलै पुरानो घाउ बल्झिएको थियो ।
ग्राण्डी अस्पतालका डाक्टर चक्रराज पाण्डेको टिमको उनको शल्यक्रिया गरेको थियो । उनी ६ महिनापछि खेलमा र्फकनसक्ने भएका छन् । उनी आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया 4