३० पुस, कालीकोट । भाइरल ज्वरोको प्रकोप फैलिन थालेपछि कालीकोटमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
जिल्लाका ग्रामीण क्षेत्र र सदरमुकाममा नै भाइरल ज्वरोले सर्वसाधारणहरु थला पर्न थाले स्थानीय तहको पहलमा स्वास्थ्यकर्मी परिचालन गरिएको हो ।
जिल्लाका उत्तरपूर्वी क्षेत्र राष्कोट नगरमा नगरपालिकाले नै नीतिगत निर्णय गरेर ज्वरा नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन गरेको छ ।
नगरपालिकाका उपप्रमुख मिमसरा बंम शाहीको अध्यक्षयतामा बसेको बैठकले नगरका ९ वटै वडाहरुमा औषधिसहित स्वास्यकर्मी खटाउने निर्णय गरेको हो ।
जिल्लाको पलाता गाउँपालिकमा पनि भाइरल ज्वरो नियन्त्रण गर्न स्वास्थ्यकर्मी परिचालन गरिसकिएको गाउँ पालिका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए ।
स्वास्थ्यकर्मीहरुले ज्वरोबाट जोगिन तातो झोलिलो खानेकुरा खान, सामूहमा हुँदा माक्स लगाउन र शरीरलाई न्यानो राख्न अनुरोध गर्दै जनचेतना कार्यक्रम सुरु गरेका छन् ।
प्रतिक्रिया 4