Comments Add Comment

शिल्पाले जितिन् ‘बीग बोस ११’को उपाधि


टेलिभिजन सिरियल ‘भाबी जी घर पर हे’ मा काम गरेकी ‘अंगुरी भाभी’ शिल्पा सिन्देले कलर्स च्यानलको चर्चित रियालिटी शो ‘बीग बोस’को ११ औ संस्करणको उपाधि जितेकी छिन् ।आइतवार साँझ लोनावलामा भएको फाइनल प्रतियोगितामा हिना खानलाई हराउँदै उनी उपाधि जित्न सफल भएकी हुन् । कार्यक्रमलाई विशेष बनाउन सलमान खानका साथी अक्षय कुमार आफ्नो चलचित्र ‘प्याडम्यान’ को प्रमोशनका लागि पुगेका थिए ।

बिग बोसको घरमा शिल्पाले १०५ दिन बिताएकी थिइन् । आइतवार साँझ घर बाहिर निस्कन सुरु भएको थियो । सबै भन्दा पहिला पुनीष शर्मा घर बाहिर आएका थिए । जो चौथो भए । विकास गुप्ता तेस्रो र हिना खान दोस्रो भए ।

बिग बोस बिजेताले ट्रफीको साथ ५० लाख नगद पाएकी छिन् । सन् १९९९ मा टेलिभिजनवाट करिअर सुरु गरेकी शिल्पाले ‘भाबी जी घर पर हे’मा अंगुरी भाभीको भुमिका निर्वाह गरेकी छिन् । निर्मातासँगको मनमुटावपछि उनी उक्त सिरियलवाट बाहिरिएकी थिइन् । त्यसो त शिल्पाले निर्मातामाथी यौन उत्पीडनको आरोप पनि लगाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment