Comments Add Comment

डेम्बेले फेरि घाइते, एक महिना मैदान बाहिर रहने

१ माघ, काठमाडौं । बार्सिलोनाका स्ट्राइकर ओस्मान डेम्बेले फेरि झण्डै एक महिना मैदान बाहिर हुने भएका छन् ।

घुँडाको चोटका कारण उनी तीनदेखि चार हप्ता मैदान बाहिर हुने भएका हुन् । फ्रान्सेली स्ट्राइकर डेम्बेले बोरुसिया डर्टमुण्डबाट यो सिजन मात्र बार्सिलोना आएका हुन् र चोटका कारण झण्डै चार महिना मैदान बाहिर थिए ।

चोटमुक्त भएपछि उनले मात्र चार खेल खेले ।

अब उनी फेब्रुअरी ११ मा गेटाफेसँगको खेलमा मात्र मैदान र्फकने सम्भावना छ । यो च्याम्पियन्स लिगको अन्तिम १६ मा चेल्सीसँग खेल्नु ९ दिन अघि मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment