Comments Add Comment

डोटी पनि बन्द, राजधानी नतोकिए नागरिकता फिर्ता गर्ने चेतावनी

३ पुस, डोटी । गत पुस १९ देखि २४ गतेसम्म लगातार बन्द रहेर केही दिन खुलेको डोटी जिल्ला बुधबार फेरि बन्द भएको छ । प्रदेश नं. ७ को राजधानी दिपायल कायम गर्न माग गर्दै बुधबारदेखि फेरि बन्द आह्वान गरिएको हो ।

जारी आन्दोलनको बिषयमा थप छलफल गर्न मंगलबार अवेर बसेको आन्दोलन संयोजन समितिको बैठकले बुधबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बजार, सरकारी तथा गैरसरकारी कार्यालय, यातायात, उद्योग कलकारखाना, व्यापार व्यवसाय पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । सरकारले प्रदेशको प्रशासनिक केन्द्र दिपायलमै तोक्नु पर्ने मागसहित बन्द आव्हान गरिएको समितिले जनाएको छ ।

यस्तै प्रदेश राजधानी दिपायलमै हुनुपर्ने मागसहित अहिले मंगलबार राति ८ बजे क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडि शान्तिपूर्ण मशाल जुलुस प्रदर्शन गरिएको छ ।

सरकारले डोटेली जनतालाई अन्याय गर्ने गरी प्रदेश नं. ७ को राजधानी दिपायल बाहेक अन्यत्र तोकेमा डोटी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिएका सबैले आ-आफ्नो नागरिकता सोही कार्यालयमार्फत सरकारलाई फिर्ता गर्ने निर्णय भएको आन्दोलन संयोजन समितिका सदस्य दिपक खड्काले जानकारी दिएका छन् । ‘हामीले पाएको अधिकार कटौती गरेर गैरनागरिकको व्यवहार गरिन्छ भने नागरिकता प्रमाण पत्रको के काम ?’ खड्काले भने, ‘यदि हामीमाथी अन्याय भयो भने जस्तोसुकै मूल्य चुकाउन पनि तयार छौं ।’

यसैबीच प्रदेश नं. ७ को राजधानी दिपायलमा हुनुपर्ने माग राख्दै डोटीमा क्रियाशील राजनीतिक दलहरुले संयुक्त बिज्ञप्ती जारी गरेका छन् ।

डोटीमा क्रियाशील नौ दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा राष्ट्रवादी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाल पार्टी र राप्रपा प्रजातान्त्रिकले संयुक्त बिज्ञप्ती जारी गर्दै राजधानीको माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment