Comments Add Comment

रोनाल्डिन्होले लिए फुटबलबाट सन्यास

३ माघ, काठमाडौं । ब्राजिलियन विश्वकप विजेता रोनाल्डिन्होले फुटबलबाट सन्यास लिएका छन् ।

यद्यपि उनले २०१५ देखि खेलेका थिएनन् ।

३७ वर्षीय रोनाल्डिन्हो २००२ मा ब्राजिलको विश्वकप टोलीमा थिए । २००५ मा बालोन डि’ओर जितेका उनले २००६ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि उचाले ।

उनका भाइ एवं एजेन्ट राबर्टो एसिसले रोनाल्डिन्होको सन्यास पुष्टि गरेका छन् । साथै उनको सम्मानमा ब्राजिल, युरोप र एसियामा श्रृखलावद्ध खेल गर्ने बताए ।

रोनाल्डिन्होले ब्रजिलमा ग्रेमियोबाट आफ्नो करियर सुरु गरेका थिए । २००१ मा पेरिस सेन्ट जर्मेन गए । २००३ मा बार्सिलोना गएका उनले त्यहाँ ५ वर्ष विताए, त्यो अबधिमा च्याम्पियन्स लिगका साथै दुई ला लिगा पनि जिते । त्यसपछि एसी मिलान गएका रोनाल्डिन्होले २०१०/११ मा सिरी ए जिते ।

२०११ मा उनी ब्राजिल फर्किए र केही सिजन फुटबल खेले । उनी २०१४ मा मेक्सिको गए । रोनाल्डिन्होले त्यहाँ अन्तिम खेल फ्लूमिनेज्जबाट खेलेका थिए ।

उनी अहिले पूर्व क्लब बार्सिलोनाको दूत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment