Comments Add Comment

दाङमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

४ माघ, दाङ । दाङमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका ३ मसुरियामा बुधबार राति बसले ठक्कर दिँदा सोही गाउँपालिका वडा नं. ५ लठ्ठहवा निवासी १९ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चौधरीको लमही अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको थियो ।

पोखराबाट तुलसीपुर जाँदै गरेको ना ५ ख ४६८६ नम्बरको बसले अनियन्त्रित भएर चौधरीलाई ठक्कर दिएको थियो । बस अनियन्त्रित हुँदा बसमा सवार १० जना यात्रु समेत घाइते भएका छन् । घाइतेहरुको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार भइरहेको छ । बस चालक प्रहरी नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment