Comments Add Comment

आमाप्रति समर्पित नयाँ गीतको भिडियो सार्वजनिक


५ माघ, काठमाडाैं । गीतकार नुतन भुषालको मन छुने शब्द रहेको गीत ‘तिमीलाई चोट लाग्ला भनि’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मातृत्वको भाव समेटिएको यो गीत युटुबमार्फत सार्वजनिक भएको हो ।

दीपक शर्माको संगीत र  उदयराज पौडेलको एरेन्ज रहेको गीतलाइ जुना प्रसाईंले गाएकी छिन् । नुतन खण्ड २ भित्र समेटिएको उक्त गीतले सन्तान प्रति आमाले गर्ने त्यागलार्इ प्रस्तुत गरेको छ।

भिडियोलाइ भोला तिमल्सिनाले निर्देशन गरेका छन् भने बिरेन्द्र भट्टले छायांकन गरेका हुन् । गीतमा रीतिका पौडेल र बाल कलाकार रिदम सुवेदीको अभिनय छ । सुरेश राउतले सम्पादन गरेको भिडियोमा दिक्षा पोख्रेल र निर्देशक तिमल्सिनाको पनि अभिनय पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment