Comments Add Comment

पूजा र सुदर्शनको फिल्ममा ‘माग्ने र तक्मे’पछि जितु नेपाल फाइनल


यस्तो लाग्दैछ, लभ स्टोरी चलचित्र निर्देशन गर्दै आएका निर्देशक सुदर्शन थापा अब आफ्नो शैलीलाई केहि परिवर्तन गर्ने मुडमा छन् । लभ स्टोरी चलचित्र निर्देशनमा चर्चित बनेका थापाले निर्माण गर्न लागेको नयाँ चलचित्रका कलाकारको जम्बो टोली हेर्दा त्यस्तै भन्न सकिन्छ ।

नाम तय नभैसकेको चलचित्रका लागि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले १० लाख पारिश्रमिक लिएपछि त हंगामा नै भएको थियो । चलचित्रमा केदारपछि विल्सन विक्रम राई ‘तक्मे बुढा’ र रविन्द्र झा पनि फाइनल भैसकेका छन् ।
अब, चलचित्रमा अर्का चर्चित हाँस्य कलाकार भित्रिएका छन् ।

यो चलचित्रमा हाँँस्य कलाकार जितु नेपाल पनि अनुवन्धित भएको निर्देशक सुदर्शन थापाले अनलाइनखबरलाई जानकारी दिएका छन् । ४ जना हाँँस्य कलाकार चलचित्रमा अनुवन्धित भएपछि यो चलचित्रले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिने कुरामा दुइमत छैन ।

जितु पनि चलचित्रमा प्रवेश गरेपछि कलाकारको हिसाबले पनि यो चलचित्र निकै पावरफूल बनेको छ । चलचित्रका नायक अहिलेसम्म सार्वजनिक गरिएको छैन । नायिका पूजा शर्मा र सुदर्शन थापाले मिलेर बनाउन लागेको यो चलचित्रमा अब केदार घिमिरे, विल्सन विक्रम राई, रविन्द्र झा, जितु नेपालको साथमा नायिका पूजा शर्माको मुख्य भूमिका रहने पक्का भएको छ । माघको अन्तिम साताबाट चलचित्रको छायांकन सुरु गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment