Comments Add Comment

फागुन अन्तिम हप्ता सलमान खान काठमाडौं आउँदै

५ माघ, काठमाडौं । भारतीय अभिनेता सलमान खान आउँदो फागुन अन्तिम साता काठमाडौं आउँदैछन् । काठमाडौंको टुँडिखेलमा फागुन २६ गते आयोजना हुने दबाङ द टुर कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन् ।

उक्त मनोरञ्जनात्मक सांगितिक कार्यक्रमका लागि सलमान खानसँगै सोनाक्षी सिन्हा, प्रभु देवा, मिट ब्रदर, डेजी शाह, कृति सेनन र टेलभिनजकर्मी मनिष पाउल पनि आउनेछन् । टुँडिखेलमा हुने उक्त कार्यक्रमको व्यवस्थापन शोहेल इन्टरटेनमेन्ट एण्ड जेए इभेन्टस् र नेपाली इभेन्ट कम्पनी ओडिसी इन्टरटेनमेन्टले गर्दैछन् ।

सलमान खानलगायत अन्य कलाकारहरु बस्ने होटेल र कार्यक्रमस्थलको अवलोकनका लागि जेए इभेन्ट्सका तर्फबाट निर्देशक जोडी पटेल र आदिल जग्मागिया गत मंगलबार काठमाडौं आएका थिए ।

नेपाल आएका बेला अभिनेता सलमान खानले चन्द्रागिरीको भ्रमण गर्ने र सगरमाथामा होटेल एभरेष्टमा खाजा नास्ता गर्ने तालिका रहेको गोरखा ब्रुअरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment