Comments Add Comment

राष्ट्रियसभा चुनावलगत्तै देशले नयाँ सरकार पाउँछः खनाल

फाइल तस्वीर

६ माघ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रियसभा निर्वाचन सम्पन्न भएलगत्तै नयाँ सरकार गठन हुने बताएका छन् ।

वरिष्ठ नेता खनालले वामपन्थी गठबन्धनको नेतत्वमा नयाँ सरकार बन्ने र त्यसले मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने दाबी समेत गरे ।

शनिवार काठमाडौं क्षेत्र नम्बर ८ का सांसदहरुलाई शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै उनले प्रदेश नम्बर २ मा पनि वामगठबन्धनकै नेतृत्वमा सरकार बनाउन पहल भइरहेको खुलासा गरे ।

उनले स्थानीय सरकारले विकास, निर्माणको कामलाई अघि बढाउन आवश्यक योजना तय गरिसकेकाले अब त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment