+

रियल बेटिसमा बार्सिलोनाको शानदार जित

२०७४ माघ  ८ गते १०:४० २०७४ माघ ८ गते १०:४०
रियल बेटिसमा बार्सिलोनाको शानदार जित

८ माघ, काठमाडौं । लिओनल मेस्सी र लुइस स्वरेजले दुई-दुई गोल गरेपछि बार्सिलोनाले रियल बेटिसमाथि शानदार जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-० ले हराएको हो । जितसँगै बार्सिलोनाले ला लिगामा ११ अंकको अग्रता लिएको छ ।

बेटिसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना पहिलो हाफ गोलसहित बराबरीमा टुंगिएको थियो ।

तर, दोस्रो हाफको ५९ औं मिनेटमा राकिटिकले गोलको खाता खोले । पाँच मिनेटपछि मेस्सीले गोल गरे भने ६९ औं मिनेटमा लुइस स्वरेजले गोल गरे ।

खेलको ८० औं मिनेटमा मेस्सीले दोस्रो गोल गरे भने निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी छँदा स्वरेजले दोस्रो गोल गरे । यससँगै बार्सिलोनाले बेटिसमाथि ५-० को जित निकालेको छ ।

जितपछि बार्सिलोनाको २० खेलबाट ५४ अंक भएको छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मडि्रडको समान खेलबाट ४३ अंक छ । लिगको ११ औं स्थानमा रहेको रियल बेटिसको भनेसमान खेलबाट २७ अंक छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय