८ माघ, झापा । राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले वर्ष उत्कृष्ट खेलाडी अवार्ड पाएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च झापाले आयोजना गरेको ‘झापा स्पोर्ट्स अवार्ड २०७४’ मा उत्कृष्ट खेलाडी घोषित भएसँगै उनीहरुले १५ हजार रुपैयाँ पुरस्कार समेत हात पारे ।
युवा वर्ष खेलाडीको पुरस्कार डिफेन्डर देवेन्द्र तामाङ र पिपुल च्वाइजतर्फ उत्कृष्ट टीम रमपम झापा ११ घोषित भयो । देवेन्द्रले फुटबलकै पूजन उपरकोटी र क्रिकेटकी सवनम राईलाई उछिन्दै उत्कृष्ट पुरस्कार जितेका हुन् ।
पूर्व क्रिकेटर तथा नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवाल वर्ष उत्कृष्ट प्रशिक्षक बने ।
उत्कृष्ट खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, एन्फाका केन्द्रीय सदस्य पंकज विक्रम नेम्वाङ, एन्फा पूर्वाञ्चल संयोजक जलकुमार गुरुङ, एन्फा झापाका अध्यक्ष भगिरथ आले मामा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापालगायतले १५ हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्रदान गरे ।
नगद पुरस्कार एन्फाका केन्द्रीय सदस्य नेम्वाङले दिवंगत भाइ तथा फुटबलर आशिष विक्रम नेम्वाङको स्मृतिमा प्रदान गरेका थिए ।
प्रतिक्रिया 4