८ माघ, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को ११औं संस्करण ११ अप्रिलदेखि सुरु हुने भएको छ ।
उद्घाटन खेल मुम्बईमा हुनेछ भने फाइनल मे २७ मा हुनेछ । साथै आईपीएलको समय पनि परिर्वतन भएको छ ।
ब्रोडकास्टरले समय परिर्वतन गर्न आग्रह गरेको र बोर्डले सहमति दिएको आईपीएल अध्यक्ष राजीव शुक्लले बताए । ८ बजे हुने खेलको प्रशारण ७ बजेबाट नै हुनेछ भने ४ बजेको खेललाई ५ः३० मा सारिएको छ ।
आईपीएलका खेलाडीहरुको अक्सन २७ र २८ तारेखमा हुनेछ र पहिलो पटक नेपाली युवा बलर सन्दीप लामिछाने पनि अक्सनमा परेका छन् ।
प्रतिक्रिया 4