+
+

अप्पर अरुणको डिटेल इन्जीनियरिङ डिजाइनको जिम्मा चीन र ताइवानको कम्पनीलाई

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ८ गते २०:४२

८ माघ, काठमाडौं । संखुवासभामा निर्माण हुने अपर अरुण र इखुवाखोला जलविद्युत आयोजनाको डिटेल इन्जिनियरिङ डिजाइनको जिम्मा चीन र ताइवानको कम्पनीले संयुक्त रुपमा पाएका छन् ।

नेपाल विद्युत प्राधिकरण र ‘जेभिए अफ सिएसपिडिआर एण्ड सिनोटेक इन एसोसियसन् विथ सोवाइल टेस्ट कम्पनी’बीच सोमबार डिटेल इन्जिनियरिङ डिजाइन २ वर्ष भित्रै तयार पार्ने सम्झौता भएको छ । सिएसपिडिआर चिनीयाँ कम्पनी हो भने सिनोटेक ताइवानी कम्पनी हो ।

यो कम्पनीले ३३५ मेगावाटको अप्पर अरुण र ३० मेगावाटको इखुवा खोला जलविद्युत आयोजनाको डिजाइन तयार गर्नेछ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार दुबै आयोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ, जसलाई सात महिनाभित्र अपडेट गर्नुपर्ने छ । डिजाइन तयार भएपछि निर्माणको जिम्मा लगाउने समयमा पनि कम्पनीहरुको मूल्यांकन यही परामर्शदाता कम्पनीले नै गर्नेछ ।

सन् १९९१ मा भएको संभाव्यता अध्ययन अनुसार संखुवासभामा निर्माण हुने अप्पर अरुणबाट ३ सय ३५ मेगावाट विद्युत उत्पादन हुन्छ । संखुवासभामै निर्माण गरिने इखुवा खोलाबाट भने ३० मेगावाट विद्युत उत्पादन हुने बिद्युत बिकास विभागले गरेको संभाव्यता अध्ययनमा देखिएको छ ।

७० अर्ब लागत अनुमान गरिएको आयोजनाको डिटेल इन्जिनियरिङ डिजाइन भने बिश्व बैंकको सहयोगमा हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?