Comments Add Comment

टेनिसका ‘एकलब्य’, जसले ‘द्रोणाचार्य’ लाई नै हराए

चुङ हृयोएनले एक डाक्टरको सल्लाहपछि टेनिस र्‍याकेट छनोट गरेका थिए । ग्रीन कोर्टले उनको कमजोर आँखालाई सहयोग पुग्छ भन्ने डाक्टरको सुझाव थियो ।

नभन्दै सँधै चश्मा लगाउने चुङ हृयोएनले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।

१२ ग्रान्ड स्लाम उपाधि आफ्नो गर्ने नोभाक जोकोभिचलाई हराउनु चुङको करिअरको सबैभन्दा ठूलो जित हो । उनी अब अष्ट्रेलियन ओपनको क्वार्टर फाइनलमा पुगेका छन् ।

यो जितका साथ चुङ टेनिसका यस्ता ‘एकलव्य’ बनेका छन्, जसले ‘द्रोणाचार्य’ लाई नै मात दिए । खासमा उनी जोकोभिचलाई आफ्नो आदर्श मान्छन् र कोर्टमा उनको नक्कल समेत गर्छन् ।

चुङ हृयोएनलेलाई साथीहरुले माया गरेर ‘प्रोफेसर’ भन्छन् । यसको कारण हो उनले लगाउने सेतो रंगको मोटो फ्रेमवाला ट्रेडमार्क चश्मा । २१ वर्षका उनले चौथो वरियताप्राप्त एलेक्जेन्डर जेवेरेवलाई तेस्रो राउन्डमा नै धुलो चटाएर विजुलीको रफ्तार देखाएका छन् ।

इटीपी मोस्ट इम्प्रुभ्ड प्लेयर

चुङ हृयोएनले एक-एक कदम अघि बढ्दै यो स्थानमा आइपुगेका हुन् । सन् २०१५ मा उनले ‘एटीपी मोस्ट इम्प्रुभ्ड प्लेयर’ का अवार्ड जितेका थिए ।

अघिल्लो वर्ष म्युनिखमा नै चुङले सेमिफाइनलमा पुगेर आफ्नो आशय प्रष्ट पारिदिए । नोभेम्बरमा मिलानमा नेक्स्ट जेन एटीपी फाइनल्समा उनले ठूलो सफलता हासिल गरेका थिए ।

चुङ हृयोएनले आफ्नो खास शैलीमा रक्षात्मक सटहरु खेल्छन्, जसमा गजबको रफ्तार हुन्छ । उनी सीधा हातले शक्तिशाली प्रहार गर्छन् । उनले आफ्नो पहिलो टाइटल उच्च वरियता प्राप्त आन्द्रेइ रुबलेवलाई मेलबर्नमा हराएर हासिल गरेका थिए ।

जोकोभिच आदर्श

चुङ हृयोएनले का आदर्श जोकोभिच हुन् र उनको खेलमा नोभाकको झलक पनि भेटिन्छ ।

चुङले जोकोभिचको चालहरुकै उत्कृष्ट नमूना देखाएर उनलाई सोमबारको रोमाञ्चक प्रतिस्पर्धामा हराइदिए । उनले भने, ‘म नोवाकको नक्कल गर्ने कोशिष गरिरहेको छु, किनभने उनी मेरा आदर्श हुन् ।’

राफेल नाडालका साथ सेल्फी लिएपछि चुङको चाहना अब नोभाक जोकोभिचसँग फोटो खिचाउने छ । चुङ कुनै ग्रान्डस्लामको अन्तिम आठमा पुग्ने दक्षिण कोरियाका पहिलो खेलाडी हुन् ।

ग्रीन कोर्ट

६ वर्षको उमेरमा चुङ हृयोएनले आफ्नो बुवाको प्रोत्साहनमा टेनिस खेल्न सुरु गरेका थिए । उनका बुवा सिओक जिन टेनिस कोच हुन् भने भाइ होङ पनि टेनिस खेलाडी हुन् । बाल्यकालमा चुङको आँखा कमजोर थियो र उनी लगातार परेला झिम्क्याइरहन्थे ।

डाक्टरले उनी मायोपिया (नजिकको दृष्टि कमजोर) बाट पीडित बताए । उनले ग्रीन कोर्टमा टेनिस खेल्दा आँखालाई मद्दत मिल्ने डाक्टरको भनाइ थियो । चंग भन्छन्, ‘मैले सँधै चश्मा लगाएर नै खेलेँ । चश्मा नलगाउँदा म मानिसहरुलाई देख्न सक्छु तर, टेनिस खेल्न सक्दिन ।’

तर, चुङले आँखाको सर्जरी गराउने कुनै योजना बनाएका छैनन् । उनलाई लाग्छ कि चश्माबिना उनले ‘नांगो’ महसुस गर्नेछन् ।

सेनाको प्रशिक्षण

चुङ हृयोएन भन्छन्, ‘अहिले म आफ्नो खेलमाथि मात्रै ध्यान दिइरहेको छु । मलाई तयार हुनु छ ।’

उनले १३ वर्षको उमेरमा नै फ्लोरिडाको आइएमजी एकेडेमीमा दुई वर्षको तालिम लिएका थिए भने उनले दक्षिण कोरियामा सेनाका प्रशिक्षण पनि लिएका छन् ।

उनले लजाउँदै स्वीकार गरे कि उनको अहिलेसम्म गलफ्रेण्ड छैन । उनी म्याचभन्दा अगाडि चाइनिज खाना खान मन पराउँछन् । केही पहिले एक अन्तरवार्तामा भनेका थिए, खाली समयमा उनी ओछ्यानमा पल्टिरहन्छन् र यस्तो उनी थुप्रै दिनसम्म गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment