Comments Add Comment

कांग्रेस र मधेसी गठबन्धनको कुरा मिल्यो, यस्तो छ सिट बाँडफाँट

९ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस र मधेस केन्द्रित दुई दलबीच तालेमल गर्ने सहमति भएको छ ।

वाम गठबन्धनसँग सहमति नभएपछि मधेसी गठबन्धनका नेताहरु कांग्रेससँग वार्ता गर्न बालुवाटार पुगेका थिए, जहाँ राष्ट्रियसभामा तालमेल गर्ने सहमति भएको छ ।

प्रदेश २ का ८ सिट मध्ये तीन दलले २/२ सिट लिनेछन् । प्रदेश २ को मत हेर्दा कांग्रेस र मधेसी दलहरु मिल्दा पनि वाम गठबन्धनलाई कुनै घाटा छैन । तीन दल एक ठाउँमा उभिँदा पनि एमाले र माओवादीले एकएक सिट जित्नेछन् ।

तर, मधेसी दलहरुको समर्थनले कांग्रेसलाई अन्य प्रदेशमा केही सिटमा सहयोग पुग्नसक्छ ।

राजपा नेता मनिष सुमनले प्रदेश २ मा तालमेल गर्ने सहमति भएको स्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment