Comments Add Comment

रुपन्देहीका उद्योगमा वाईसीएल र युवा संघले लगाएको ताला प्रशासनले खोल्यो

गुण्डागर्दी शैलीमा तालाबन्दी गरिएको भन्दै उद्योगी, ब्यबसायीको बिरोध

१० माघ, बुटवल । अस्वभाविक मूल्य वृद्धि गरेको बिरोधमा रुपन्देहीका उद्योगहरुमा लगाइएको ताला प्रशासनले खोलेको छ ।
अबैधानिक ढंगले ताला लगाइएको ठहर गर्दै प्रशासनले ताला खोलेको हो ।

सिमेन्ट र छडमा गरिएको मूल्य वृद्धिले विकास निर्माणलाई नै प्रभाव पारेको भन्दै युवा संघ नेपाल र वाईसीएलले मंगलबार लुम्बिनी करिडोरका ११ वटा सिमेन्ट उद्योग र दुई वटा छड उद्योगमा तालाबन्दी गरेका थिए ।

सिमेन्टमा अहिले प्रति बोरा ओपिसीमा ८० रुपैयाँ र पीपीसी सिमेन्टमा एक सय रुपैयाँ मूल्य बढेको छ ।

त्यस्तै छडमा प्रति किलो आठ रुपैया बढेको छ । ताला खोलिए पनि मूल्य फिर्ता नहुँदासम्म थप बिरोधका कार्यक्रमहरु जारी राखिने युवा संघ नेपालका अध्यक्ष नकुल शाहीले बताए ।

यता उद्योगीहरुले पत्रकार सम्मेलन गरी गुण्डागर्दी शैलीमा तालाबन्दी गरिएको भन्दै बिरोध गरेका छन् ।

मूल्य बृद्धिको स्पष्ट कारण जिल्ला प्रशासनमा बुजाएकोले कुनै छलफल नगरी उद्योग बन्द गर्दा उद्योगीहरु असुरक्षित महसुश गरेको उनीहरुले बताए ।

कच्चा पदार्थ, ढुवानी भाडा, बिद्युत, डिजेल लगायतमा मूल्य बृद्धि भएसँगै पुस महिनादेखि सिमेन्ट र छडमा १० देखि १५ प्रतिशतसम्म मूल्य बढाएको उद्योगीहरुले बताएका छन् ।

निर्माण सामग्रीको मूल्य वृद्धि भएपछि ठेकेदार कम्पनीहरूले जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरू ठप्प पार्ने चेतावनी दिएका छन् ।

युवासंघ र वाईसीएलले भैरहवा लुम्बिनी करिडोरमा सञ्चालित जगदम्बा, वृज, पाठक, सुपि्रम, सिद्धार्थ, अग्नि अर्घाखाची, गोयन्का र अम्बुजा सिमेन्ट तथा अब्बे र पञ्चकन्या स्टीलमा तालाबन्दी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment