+
+
Shares

राष्ट्रिय सभामा चुनाव लड्न हरिचरणले समर्थक नै पाएनन्

वीरेन्द्र रमण वीरेन्द्र रमण
२०७४ माघ १० गते १७:३५

१० माघ, जनकपुर । नेपाली जनता दलका अध्यक्ष हरिशचन्द्र साहले राष्ट्रियसभा सदस्यमा उम्मेदवारी नै दर्ता गर्न पाएनन् ।

उनलाई कसैले अवरोध गरेको उम्मेदवारी दर्ता गर्न नपाएका भने होइनन् । मनोनयन फारम खरिद गरिसकेका उनले समर्थक र प्रस्ताव नपाएपछि उम्मेदवारी दर्ता गराउन सकेनन् ।

उनी कालिकाकाई गाउापालिकाका नथुनी साहलाई समर्थक राख्न योजनासहित निर्वाचन आयोगको कार्यालयमा पुगेका थिए । तर, नथुनी साह, अख्तर हुसेनको समर्थक बसिरहेका थिए ।

जनता दल र नेपाल संघीय समाजवादी पार्टीबीच स्थानीय तहमा तालमेल भएको थियो र स्थानिय निकायमा दुई सिट जित्यो पनि ।

तर, जितेका दुबै रिजवान अन्सारी नेतृत्वको पार्टीमा गइसकेका थिए । हरिचरण साहले भने आफ्नो पार्टीको चिन्हबाट जितेको कारणले आफनो समर्थक बस्नु पर्ने दाबी गर्दै विवाद गरेका छन् । तर, नथुनीले नमानेपछि उम्मेदवारी दर्ता हुन सकेन ।

माओवादी केन्द्रका नेता नरेन्द्र साहले पनि उम्मेदवारी दर्ता गर्न सकेनन् । उनी अल्पसंख्यक समूहबाट उम्मेदवार बन्न चाहेका थिए । तर, ढिला पुगेका कारण उनको उम्मेदवारी दर्ता हुन सकेन । उनलाई राजपाका नेताहरुले अवरोध गरेका थिए ।

त्यसपछि दुई पार्टीबीच विवाद भयो र, निर्वाचन आयोगले तोकेको समयमा साहले उम्मेदवारी दर्ता गर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?