+
+

चोरीको मोटरसाइकल र लागूऔषधसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १० गते १८:०२

१० माघ, काठमाडौं । चोरीको मोटरसाइकल र लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे घर भइ महाराजगञ्ज बस्दै आएका २२ वर्षीय डेण्डुप लामा र सोलुखुम्बु घर भइ सोही ठाउँ बस्दै आएका २६ वर्षीय सविन श्रेष्ठ छन् ।

उनीहरुले माघ ८ गते शिक्षण अस्पतालबाट जितबहादुर वाइवाको बा ६० प ४०३० नम्बरको युनिकन मोटरसाइकल चोरी गरेका थिए ।

उनीहरुलाई प्रहरीले शिक्षण अस्पताल महाराजगञ्ज अगाडी रहेको सुनाखरी होटलबाट चोरीको मोटरसाइकल र लागूऔषध डाइजोल्याव, नुर्फिन र फेनेरागन ५/५ एम्पुलसहित पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?