+
+

काठमाडौं मलमा पाकेटमारी, ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ४ गते १८:२१

४ कात्तिक, काठमाडौं। सुन्धारास्थित काठमाडौं मलमा पाकेटमारी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मोरङको बेलबारी नगरपालिका–६ का २९ वर्षीय गोविन्द परियार, डोटीको दिपायल सिलगडी नगरपालिका–६ का ३० वर्षीय सुरेश नेपाली, धादिङको नीलकण्ठ नगरपालिका–५ का २६ वर्षीय निशान ढुंगाना, सोही ठाउँका ४१ वर्षीय गीता ढुंगाना, नुवाकोटको बिदुर नगरपालिका–५ का ४३ वर्षीय श्यामबहादुर सुनार र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ का २५ वर्षीय ओखरे भनिने सुरज श्रेष्ठ छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार काठमाडौंका विभिन्न स्थानहरुबाट पक्राउ गरेको हो । यो समूहले कीर्तिपुर बस्दै आएकी सीता पौडेलको गरगहना र मोबाइल काठमाडौं मलमा पाकेटमारी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।

जिसीका अनुसार यो समूहले पौडेलको चार तोला सुनको गरगहना र मोबाइल गरी करिब ५ लाख रुपैयाँ बराबरको सामानहरु पाकेटमारी गरेको थियो । ३० असोज साँझ ६ बजेतिर यो समूहले पाकेटमारी गरेको थियो ।

उनीहरुबाट स्वरुप परिवर्तन भएको अवस्थाको ३९.४४ ग्राम सुन, १ लाख २० हजार नगद र ६ थान मोबाइल बरामद भएको छ । पक्राउ परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?