+
+

दुई इन्टरनेट कम्पनीको लाइसेन्स खारेज

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ६ गते १८:४०

६ कात्तिक, भदौ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र निवेदन पेश नगरेपछि २ वटा सेवा प्रदायकको इजाजतपत्र स्वतः रद्ध भएको हो ।

प्राधिकरणले रूपन्देहीको भैरहवाको रेग्मी मिडिया इंक प्रालि र वीरेन्द्रनगर सुर्खेतको लाइफ नेट प्रालिको इन्टरनेट र इमेल सेवाको लाइसेन्स खारेज गरेको हो । कात्तिकको पहिला साता दुबै कम्पनीको अनुमतिपत्र खारेजी भएको प्राधिकरणले जानकारी दिएको छ ।

खारेजीमा परेको रेग्मी मिडिया इंक प्रालिले २३ असोज २०७१ मा नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र पाएको थियो । इन्फोकम प्रालिले ३० भदौ २०७६ मा अनुमति पत्र लिएको थियो ।

प्राधिकरणले ती कम्पाीहरुलाई अडिटेड वित्तीय विवरणअनुसार तिर्न/बुझाउन पर्ने ग्रामीण दूरसञ्चार विकास कोष तथा रोयल्टी दस्तुर वापतको रकम छिटो बुझाएर प्राधिकरणमा सम्पर्क गर्न भनेको छ ।

गत भदौमा वीरगञ्ज ८ पर्साको पर्सा टेलिकम्यूनिकेसन प्रालि र हात्तिसार काठमाडौंको इन्फोकम प्रालिको लाइसेन्स खारेज पनि भएको थियो ।

यसअघि ३२ जेठमा पनि ७ वटा इन्टरनेट कम्पनीको इजाजतपत्र खारेज भएको थियो । मोरङका वशिष्ठ केबल नेट प्रालि, इन्फोनेट टेक्नोलोजी प्रालिसहित जुम्लाको सिम्पल इन्टेलिजेन्ट सिष्टम एण्ड टेक्नोलोजी प्रालि, झापाको एसिया नेट कम्युनिकेशन प्रालि, गुल्मीको फास्ट स्पिड लिंक नेटवर्क प्रालि, धनुषाको एस नेट नेपाल प्रालि र काठमाडौंको मिथिला डिजिटल नेपाल प्रालिको अनुमतिपत्र खारेज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?