+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ६ गते १३:१७

६ कात्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेको घटनामा दुई प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ ।

ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको साइबर शाखाका सहायक हवल्दार गणेश खड्का, साइबर शाखाकै साजन शर्मा चपाई र खोटाङ घर भएका ३५ वर्षीय तेजबहादुर तामाङविरुद्ध मुद्दा दायर भएको हो । मुद्दा चलाइएका मध्ये तामाङ भने फरार छन् ।

उनीहरुविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा उनीविरुद्धको मुद्दाको सुनुवाई सुरु भएको छ । थुनछेक बहसपछि साधारण तारेख तथा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश आउने छ ।

तीन जना मिलेर क्रिप्टोको कारोबार गरेको आरोपमा आशिष आचार्य नाम गरेका युवकलाई पक्राउ गरेर दुई दिनसम्म राखेर छाडेको खुलेको थियो । उनीहरुले ती युवकबाट ४९ लाख १० हजार रुपैयाँ असुलेका थिए । रकम बुझेपछि आचार्यलाई मुद्दा नचलाई छाडिएको थियो ।

प्रहरीका अनुसार तेज तामाङ नाम गरेका व्यक्तिले हवल्दार खड्कालाई क्रिप्टोकरेन्सी कारोबारीबारे गोप्य सूचना छ घटना बताएका थिए ।

सूचना दिने बताएपछि तामाङले भनेअनुसार खड्काले काम गरेको देखिएको थियो । तामाङको सूचनापछि क्रिप्टो कारोबारमा संलग्न रहेको भनिएका आशिष आचार्य नाम गरेका युवकलाई १४ भदौमा पक्राउ गरेर परिसरमा ल्याइएको थियो ।

ती युवक पक्राउ परेपछि तामाङले उनका आफन्तसँग सम्पर्क गर्दै घटनाबारे बताएका थिए । उनलाई छुटाउने भए प्रहरीलाई ५० लाख दिनुपर्ने बताएपछि उनको परिवार सहमत भएको थियो ।

त्यसपछि आचार्यका दिदी अस्मिताले ४९ लाख १० हजार लाख रुपैयाँ बुझाएको पनि प्रहरी अनुसन्धानबाट खुलेको थियो । १४ गते पक्राउ परेका आचार्यलाई रकम बुझेपछि १६ गते छाडिएको थियो ।

प्रहरी हिरासतबाट छुटेर ती युवक क्यानडा उडिसकेपछि उनकी दिदीले घटनाबारे जानकारी गराउँदै परिसरमै निवेदन दिएपछि घटनाको रहस्य बाहिर आएको थियो ।

पक्राउ परेका आचार्य र क्रिप्टोको सूचना दिने तामाङ दुबै क्यानडामा सँगै बस्ने साथीहरु हुन्। क्यानडामा रहँदा आचार्यले क्रिप्टाको कारोबार गर्थे। उनीहरुसँगै काठमाडौं आएका थिए । आचार्यको क्रिप्टो कारोबार तामाङलाई राम्रो जानकारी थियो।

नेपालमा क्रिप्टो अवैधानिक रहेको थाहा पाएपछि तामाङले नै सूचना दिएपछि प्रहरीले पक्राउ गरेको थियो। उनी क्यानडामा बसेर क्रिप्टोमा लगानी गरेको पाइए पनि नेपालमा कुनै सम्बन्ध नभएपछि उनीमाथि कसुर आकर्षित नहुने भन्दै छाडिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?