+

डेंगुको ‘चेतावनी समय’ : यी अवस्थामा तुरुन्तै अस्पताल जान डा.पुनको सुझाव 

२०८१ असोज  २८ गते १३:२३ २०८१ असोज २८ गते १३:२३
डेंगुको ‘चेतावनी समय’ : यी अवस्थामा तुरुन्तै अस्पताल जान डा.पुनको सुझाव 

संक्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार अहिले टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवारोग अस्पतालमा डेंगु संक्रमितको भिड बढ्दो छ ।

पछिल्लो समय डेंगुको शंका लागेर जाँच गराउन वा उपचारका लागि अस्पताल आउनेहरु बढी देखिएको उनको भनाई छ । ‘हामी नेपालीको प्रवृत्ति कस्तो छ भने निकै दुःख दिएपछि वा सहनै नसक्ने भएपछि मात्र अस्पताल जाने’ उनी सुनाउँछन्, ‘त्यसैले अहिले कतिपय त घर घरमै पनि हुनसक्छन् ।’

डेंगु संक्रमितको एउटा प्रवृत्तिलाई उनले ‘वाकिङ डेंगु’ नाम दिएका छन् । यो भनेको डेंगुको लक्षण बोकेरै हिँड्नेहरु । खासगरी दशैं जस्तो चाडपर्वमा मान्छेहरु यसको लक्षणलाई नजरअन्दाज गर्दै आउजाउ, भेटघाट गरिरहेका छन् । किनभने डेंगुको सामान्य लक्षण आम समस्यासँग मिल्दोजुल्दो हुन्छ । यस्तो अवस्थामा मान्छेहरु सामान्य समस्या ठानेर आफूखुसी औषधिसमेत खाँदै हिँडडुल गरिरहेका हुन्छन् । जब समस्या जटिल बन्दैन, तबसम्म उनीहरु अस्पताल पुग्दैनन् ।

डा. पुन भन्छन्, ‘यतिबेला गरिने कतिपय गल्तीले ठूलो जोखिम पनि निम्त्याउन सक्छ ।’ त्यसैले डेंगुको लक्षण देखिएमा सर्तक रहन उनको सुझाव छ । खासगरी डेंगुको केही लक्षणलाई संवेदनशिल श्रेणीमा राखिएको छ । यसलाई ‘डेंगु वार्निङ टाइम’ भनिन्छ ।

यी तीन अवस्था डेंगुको वार्निङ टाइम हो ।

१. लगातार वान्ता हुनु, पेट असाध्यै दुख्नु, नाक वा गिजाबाट रगत बग्नु । (यो सामान्यत बाहिरी अवस्थामा देखिने गंभिर लक्षण हुन् ।)

२. रगत परीक्षण गर्दा प्लेटलेटको संख्या संख्या घटेको देखिनु, हेमेटोमा बढेको देखिनु, कलेजोको आकार बढेको र पेट वा छातीमा पानी जमेको देखिनु (यी स्वास्थ्य परीक्षणका क्रममा देखिने नतिजा हुन् ।)

३. दीर्घरोगी जस्तै उच्च रक्तचाप, मधुमेह र फोक्सो वा श्वासप्रश्वासको समस्या भएकाहरु (यो विगतका तथ्यांकको आधारमा देखिएका नतिजा हुन् ।)

डा. पुन भन्छन्, ‘यी अवस्था र स्थितीमा रहेकालाई हामीले डेंगु वार्निङ टाइम भन्छौं, जुन निकै संवेदनशिल अवस्था हो ।’ यस अवस्थामा तुरुन्तै अस्पताल जानु वा चिकित्सकको निगरानीमा बस्नुपर्ने उनको सुझाव छ । सकेसम्म सुविधायुक्त अस्पतालमा नै जानु उपयुक्त हुन्छ । ‘यी चरणमा बिरामीलाई तुरुन्तै चिकित्सकको निगरानी जरुरत हुन्छ’ डा. पुन भन्छन्, ‘यदि त्यसो नभए अवस्था गंभिर हुनसक्छ ।’

डेंगु लाग्नसाथ अस्पताल जानैपर्छ ?

डेंगु लाग्नसाथ अस्पताल जाने वा नजाने ? धेरैमा द्विविधा छ । खासमा डेंगुको कुनै निश्चित उपचार छैन । वा त्यसको खोप हामीकहाँ उपलब्ध छैन, औषधि छैन ।

यस्तोमा डेंगु लागिसकेपछि लक्षण हेरेर उपचार गरिन्छ । डेंगुको कारण कहाँ, कस्तो समस्या ल्याउँछ त्यही अनुसार उपचार गरिन्छ । र, बुझ्नैपर्ने कुरा के भने डेंगु लागेकामध्ये अधिकांश ८–१० दिनमा निको हुन्छन् । उनीहरुको जिउ दुख्ने, पेट दुख्ने लगायत समस्याहरु चाहिँ हुन्छ, तर त्यो क्रमस आफै ठीक हुन्छ ।

तर, सबैको हकमा यस्तो हुँदैन । कतिपयलाई डेंगु भएमा ज्यानै जाने जोखिम हुन्छ । डा. पुन भन्छन्, ‘त्यसैले डेंगुको वार्निङ टाइम चाहिँ थाहा पाउनैपर्छ ।’

डेंगुको लक्षण के हुन्छ भन्ने सामान्य जानकारीले मात्र अब नपुग्ने उनी बताउँछन् । ‘अब चाहिँ डेंगु लागेमा कुन स्थितीलाई चेतावनी मान्ने भन्ने जान्न र बुझ्न जरुरी छ’ डा. पुन भन्छन् ।

डेंगुको सामान्य लक्षणमा के गर्ने ?

खानामा अरुची, उच्च ज्वरो, टाउको दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने जस्ता लक्षणलाई डेंगुको शंका गर्न सकिन्छ । यस्तो लक्षण देखिएमा स्वास्थ्य जाँच गरेर डेंगु हो वा होइन भनी टुंगो गर्न सकिन्छ । यदि डेंगु भएमा लक्षण अनुसार उपचार गरिन्छ वा गराइन्छ ।

सामान्यत डेंगु हुँदा असाध्यै शरीर दुख्ने भएकाले सिटामोल खान दिइन्छ । यद्यपि अन्य औषधि आफूखुसी खान हुँदैन । दुखाई कम गर्न कतिले पेनकिलर खाने गर्छन्, जो चिकित्सकको सल्लाह बिना खानै हुँदैन ।

बरु यस अवस्थामा आफ्नो शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन झोलिलो, पोषिलो, ताजा खानेकुरा खान डा. पुन सुझाउँछन् ।

डेंगु कसरी हुन्छ ?

डेंगु सामान्यतया पोथी एडिस एजिप्टाई लामखुट्टेको टोकाइबाट सर्छ । यी एक विशेष प्रकारको लामखुट्टे हुन् । यी लामखुट्टेले विशेष गरी बिहान टोक्ने गर्छ । डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु–४ गरी डेंगु भाइरसका चार उपजाति छन् ।

लामखुट्टेले पहिले नै संक्रमित व्यक्तिलाई टोक्दा भाइरस लामखुट्टेमा प्रवेश गर्छ। र यो रोग तब फैलिन्छ जब त्यो लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्छ, र भाइरस व्यक्तिको रगतबाट फैलिन्छ ।

एक पटक डेंगु ज्वरोबाट निको भइसकेपछि निश्चित उपजातिका भाइरसबाट प्रतिरोधी हुन्छन्, तर अन्य तीन प्रकारका भाइरसबाट होइन । यदि तपाईं दोस्रो, तेस्रो वा चौथो पटक संक्रमित हुनुभयो भने तपाईंलाई गम्भीर खालको डेंगु ज्वरो हुनसक्छ । जसलाई डेंगु हेमोरेजिक ज्वरो भनिन्छ । पटकपटकको संक्रमणले हेमोरेजिक ज्वरो हुने सम्भावना बढ्छ ।

डा. शेरबहादुर पुन डेंगु

धेरै कमेन्ट गरिएका

डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

पुरुषले गर्नुपर्ने यी सात स्वास्थ्य परीक्षण

पुरुषले गर्नुपर्ने यी सात स्वास्थ्य परीक्षण

चिरफार नगरी पेटको क्यान्सरको शल्यक्रिया : कसरी गरिन्छ, कति लाग्छ खर्च ?

चिरफार नगरी पेटको क्यान्सरको शल्यक्रिया : कसरी गरिन्छ, कति लाग्छ खर्च ?

अहिलेका पाठ्यक्रमले बालबालिकालाई सजाय दिन्छ, खुशी हुन सिकाउँदैन

अहिलेका पाठ्यक्रमले बालबालिकालाई सजाय दिन्छ, खुशी हुन सिकाउँदैन

खानेकुरामा मिठास भर्ने ‘कर्न सिरप’ कति स्वस्थकर ?

खानेकुरामा मिठास भर्ने ‘कर्न सिरप’ कति स्वस्थकर ?

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

शरीरलाई नभई हुन्न नुन, तर कति ?

शरीरलाई नभई हुन्न नुन, तर कति ?