+

दिमाग शुद्धीकरण गर्ने विश्व प्रसिद्ध जापानी विधि

२०८१ कात्तिक  ४ गते १२:०० २०८१ कात्तिक ४ गते १२:००
दिमाग शुद्धीकरण गर्ने विश्व प्रसिद्ध जापानी विधि

जसरी शरीरलाई शुद्धीकरण गर्न ‘डिटोक्स’को आवश्यकता पर्छ । त्यसरी नै मस्तिष्कलाई समय-समयमा शुद्धीकरण गरिरहनुपर्छ । दिनभरको काम पछिको थकान, तनाव र केही नकरात्मक विचार दिमागमा हाबी हुन थाल्छ । जसकारण दिमागले थाकेको अनुभव गर्छ ।

तर यस्तो अवस्थामा हामी सामान्य थकान र टाउको दुखाइ ठानेर बेवास्ता गर्छौं । यसो गर्नाले दिमागमा भार बढ्छ । जसकारण शरीर चंगा हुँदैन । दैनिकी पनि तनावग्रस्त पारिदिन्छ । आलस्यता बढाउँछ । दिमाग र शरीरको तालमेल मिल्दैन । त्यसैले दिमाग स्फूर्त पार्न दिमागलाई शुद्धीकरण गर्न आवश्यक पर्छ ।

दिमागलाई शुद्धीकरण गर्ने विश्व प्रसिद्ध जापानी विधि

दिमागलाई शुद्धीकरण गर्न सबैभन्दा प्रभावकारी र विश्व प्रख्यात छ, जापानी पारम्परिक विधि । यो विधि प्राचीन पारम्परिक दार्शनिक सोचको उपज हो । जापानी फिलोसोफीको सुरुवात १४ औं शताब्दीभन्दा पहिले भएको थियो ।

जसमा विदेशी विचार र पारम्परिक सोच दुवैको मिल्दोजुल्दो प्रभाव पाइन्छ । पाँचौं शताब्दीमा जापानमा बौद्ध दर्शनको आगमन भएपछि यसको महत्त्व थप बढेको बताइन्छ ।

केही सामाजिक र ऐतिहासिक कारणले पनि होला, आजको दिनसम्म पनि जापानीहरूका प्रकृतिसँग जोडिने गर्छन् । उनीहरू एउटा साधारण घाँस, फूल, पात र रूखलाई पनि परिवारको सदस्यसरह पालनपोषण गर्छन् ।

त्यसैले त ठूलो औद्योगिकीकरण भए पनि त्यहाँको हावा स्वच्छ, नदीको पानी सफा र रूख तथा सिङ्गो प्राकृतिक सम्पदा सुरक्षित छन् ।

वातावरणसँग रमेरै कारण जापानीहरु बुढेसकालसम्म स्वस्थ छन् । किनकि जति हरियाली वातावरणसँग घुलमिल भइन्छ, त्यति शरीर र दिमागको सन्तुलन कायम रहन्छ । जापानी दर्शन र यसको दिमाग डिटोक्सको विधि संसारभर लोकप्रिय छ ।

जापानका मानिसहरु माइन्ड डिटोक्सलाई निकै महत्त्व दिन्छन् । यसैले तिनीहरू अन्य देशका मानिसभन्दा लामो र खुसी जीवन बाँच्छन् ।

मस्तिष्क र शरीर सन्तुलन पार्ने जापानी दर्शन

जापानमा मानिसहरुको जीवनशैली निकै स्वस्थ छ । उनीहरू स्वस्थ र सुखी जीवन बिताउँछन् । जापानका मानिसले धेरै दिमाग डिटोक्स प्रविधिहरू अभ्यास गर्छन् । हरेक प्रविधिको पछाडि गहिरो दार्शनिक बुझाइ र विचार हुन्छ ।

डिटोक्सको अर्थ शरीर सफा गर्ने र शुद्ध आहार खानु मात्र होइन,  यसको गहिरो आध्यात्मिक अर्थ पनि छ ।

– यो विधि अहिले चलिरहेको वर्तमान क्षणमा केन्द्रित गर्नेबारे पनि हो । यसको अर्थ न त विगतको बारेमा सम्झेर दु:ख मान्नु हो न त भविष्यको चिन्ता गर्नु नै हो । आफ्नो पूर्ण ध्यान वर्तमान क्षणमा मात्र केन्द्रित गर्नु हो ।

– प्रकृति र जनावरहरूसँग मेलमिलाप गरी जिउने ।

– जीवनको मूल्य बुझ्ने र यसलाई कहिल्यै सतही र हल्का रूपमा लिनु हुँदैन ।

– आफ्नो वरपरका मानिसलाई आदर र माया गर्ने ।

– जीवनमा धन र भौतिक चीज भन्दा सम्बन्धको महत्वलाई प्राथमिकतामा राख्ने ।

– भोजन पनि एक धर्म हो, विज्ञान हो, दर्शन हो । खानालाई पनि सतही रूपमा लिनु हुँदैन । स्वस्थ्यवर्द्धक  खानेकुरा मात्र शरीरलाई आवश्यक मात्रामा खानुपर्छ ।

– दिमाग डिटोक्स गर्न ध्यान र व्यायाम अनिवार्य गर्ने ।

– ध्यान र व्यायाम जीवनको उद्देश्य खोज्नु जस्तै अभ्यास हो ।

दिमाग शुद्धीकरण गर्ने जापानी विधि जुन अनुशरण गर्न लायक छ ।

शिनरी योकू (फरेस्ट बाथिंग)

शिनरी योकू जापानको सबैभन्दा प्रसिद्ध मानसिक डिटोक्स विधिमध्ये एक हो । यसको अर्थ रूख, जंगलहरू बीच प्रकृतिमा समय बिताउनु हो । जङ्गल जस्ता हरियालीमा हिंड्दा तनाव हर्मोनहरू कम गर्न, मुड सुधार गर्न र एकाग्रता बढाउन सक्ने अध्ययनले पनि पुष्टि गरेको छ ।

नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार शिनरी–योकुबारे जानकारी लिन जापानका २४ वटा जंगलमा यो विधि अपनाइएको  थियो । जसका लागि मानिसलाई ती जंगल पठाइयो । उनीहरूमा रक्तचाप, प्लस रेट र मुटुको गति जाँच गर्दा सहरी वातावरणको तुलनामा परिणाम धेरै राम्रो थियो ।

किंत्सुगी (गोल्डेन जोनरी)

यो एक जापानी कला हो । जसमा बहुमूल्य सुन, चाँदी वा प्लेटिनम जस्ता धातुहरूको पाउडरले भाँडाहरू मर्मत गरिन्छ ।

यसको उद्देश्य चर्किएको भाग लुकाउनु नभई तिनीहरूलाई चम्काउनु हो । यसले देखाउँछ भने आफ्नो कमी कमजोरीलाई पनि सुन्दरताका साथ स्वीकार गर्न सक्नुपर्छ ।

ताई ची

यो एक चिनियाँ कला हो, जुन निश्चित प्रकारका व्यायाम विधि मिलेर बनेको हुन्छ । यसबाट मानसिक शान्ति प्राप्त हुने जापानीहरु विश्वास गर्छन् ।

इकिगाइ

जापानका मानिसहरूले ‘इकिगाइ’को अवधारणालाई धेरै महत्त्व दिन्छन् । यसको अर्थ बिहान उत्साहका साथ उठ्नु र जीवनको उद्देश्यका साथ जीवन जिउनु हो । यो आकाङ्क्षा, कौशल र संसारको आवश्यकताहरुसँग तालमेल मिलाएर जिउन सिक्नु हो ।

इकिगाइले स्वयंलाई के मनपर्छ ? कुन कुरामा आफू राम्रो छ ? कसरी यसलाई अझ राम्रो बनाउन सकिन्छ ? भन्ने कुरामा ध्यान केन्द्रित गराउँछ ।

काइजेन

काइजेनका अर्थ हो, सुधारका लागि निरन्तर प्रयास गर्नु र कहिल्यै हार नमान्नु । यसलाई जापानी संस्कृतिमा धेरै महत्त्वपूर्ण मानिन्छ र व्यापार, शिक्षा र व्यक्तिगत जीवनमा पनि प्रयोग गरिन्छ ।

शोडो

जापानी प्रविधि शोडो एक परम्परागत जापानी कोलिग्राफी हो । जसमा ब्रस र मसी प्रयोग गरी सुन्दर अक्षरहरू सिर्जना गरिन्छ । यो प्रविधि कलाको मात्र नभई मानसिक शान्ति र एकाग्रताका लागि पनि उपयोगी मानिन्छ ।

जाजेन

जाजेन शान्ति र एकाग्रता प्राप्त गर्ने उद्देश्यले गर्ने ध्यान विधि हो । जाजेनमा ध्यान भुईंमा वा कुर्सीमा बसेर गरिन्छ । यो ध्यानबाट व्यक्तिले आफ्नो मन र शरीरलाई शान्त पार्न सक्छ ।

ध्यानका लागि आफ्नो श्वासप्रश्वासमा ध्यान दिनुपर्छ । यो सामान्यतया बिहान र साँझ मात्र गरिन्छ ।

वाबी साबी

वाबी साबी जापानी संस्कृतिको एक भाग हो, जसको अर्थ जीवनमा साना कुरालाई स्वीकार गर्नु र सन्तुष्ट रहनु हो । यसले हामीलाई पूर्णताको पछि दौडिनु हुँदैन भनेर सिकाउँछ ।

दिमाग डिटोक्स गर्दा के फाइदा हुन्छ ?

आजको द्रुत गतिको संसारमा मानसिक स्वास्थ्य चिन्ताको विषय बनेको छ । अधिकांश मानिस मानसिक शान्तिका लागि पुरानो मूल्य र परम्पराहरूमा फर्किरहेका छन् ।

कतिपयले यसको प्राप्तिका लागि ध्यान, योग र ध्यान गरिरहेका छन् भने कोही प्राकृतिक सौन्दर्यको बीचमा राम्रो जीवन बिताउन गाउँ सरिरहेका छन् ।

यी जापानी प्रविधिहरूको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको यी सबै पुरातन परम्परा, मूल्य, दर्शन र विचारहरूको आधुनिक संस्करण हुन् । जापानीहरुले पुरानो परम्परालाई छोडेका छैनन् ।

तसर्थ, जति नै प्रविधि र आधुनिकतामा फड्को मारे पनि उनीहरू पुरानोमा फर्केर आफ्नो दैनिक जीवनमा त्यो जीवनशैलीलाई समावेश गर्नुका धेरै फाइदा छन् । यसले शरीर स्वस्थ र मन शान्त रहन्छ ।

यदि जापानी जस्तै स्वस्थ रहन र सफल जीवन बिताउन माथि उल्लेखित उपाय अनुशरण गर्ने हो भने दिमागलाई डिटोक्स गरी स्वस्थ र सुखी जीवन बिताउन सकिन्छ ।

एजेन्सीको सहयोगमा

जापानी जीवनशैली लामो आयु

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

दिमाग शुद्धीकरण गर्ने विश्व प्रसिद्ध जापानी विधि

दिमाग शुद्धीकरण गर्ने विश्व प्रसिद्ध जापानी विधि

पुरुषले गर्नुपर्ने यी सात स्वास्थ्य परीक्षण

पुरुषले गर्नुपर्ने यी सात स्वास्थ्य परीक्षण

चिरफार नगरी पेटको क्यान्सरको शल्यक्रिया : कसरी गरिन्छ, कति लाग्छ खर्च ?

चिरफार नगरी पेटको क्यान्सरको शल्यक्रिया : कसरी गरिन्छ, कति लाग्छ खर्च ?

अहिलेका पाठ्यक्रमले बालबालिकालाई सजाय दिन्छ, खुशी हुन सिकाउँदैन

अहिलेका पाठ्यक्रमले बालबालिकालाई सजाय दिन्छ, खुशी हुन सिकाउँदैन

खानेकुरामा मिठास भर्ने ‘कर्न सिरप’ कति स्वस्थकर ?

खानेकुरामा मिठास भर्ने ‘कर्न सिरप’ कति स्वस्थकर ?

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ