Comments Add Comment

सातै प्रदेश सरकारका प्रमुख सचिव तोकिए

११ माघ, काठमाडौं । सरकारले सातवटै प्रदेश सरकारका प्रमुख सचिव तोकेको छ । मन्त्रिपरिषदको बुधवार साँझ बसेको बैठकले यसअघि कार्यरत क्षेत्रीय प्रशासकहरुलाई नै प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यलयको प्रमुख सचिव तोकेको हो ।

धनकुटामा क्षेत्रीय प्रशासक रहेका राजेश्वरमान सिंहलाई प्रदेश १ को प्रमुख सचिवमा खटाइएको छ । कामु सचिव यादव कोइरालालाई प्रदेश २ को कामु प्रमुखसचिवको जिम्मेवारी दिइएको छ ।

त्यस्तै ३ नम्बर प्रदेशमा रेश्मीराज पाण्डे, ४ नम्बरमा लक्ष्मण अर्याल, ५ नम्बरमा शंकर पाठक, ६ नम्बरमा सुरेश प्रधान र ७ नम्बरमा लक्ष्मीराज पौडेल प्रमुख सचिव भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment