Comments Add Comment

जस्मिन र कर्माको प्रेममा सौगात भिलेन, यस्तो छ ‘पञ्चेबाजा’को ट्रेलर


नायक सौगात मल्ल अर्का नायक कर्मा र नायिका जस्मिन श्रेष्ठको प्रेममा भिलेन देखिएका छन् । यी तिन कलाकारको मुख्य भूमिका रहेको चलचित्र ‘पञ्चेबाजा’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मित्रता, प्रेम र दुश्मनीको कथामा तयार भएको चलचित्रको ट्रेलर रिलिज गरियो ।

चलचित्रमा सौगात मल्ल, कर्मा, वुद्दि तामाङ, जश्मिन श्रेष्ठ, श्रृजना सुब्बाको मुख्य भूमिका छ । चलचित्रको कथा प्रदिप भारद्धाजले लेखेका हुन् । सामाजिक परिवेशका चलचित्र निर्देशन गर्न अगाडि रहेका निर्देशक घनश्याम लामिछाने निर्देशित यो चलचित्रलाई राजेश शाहीले निर्माण गरेका हुन् ।

चलचित्रमा हरि लामाको छायांकन, दिर्घ खड्काको सम्पादन छ । फागूण ११ गतेबाट चलचित्र देशभर रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment