+
+

अमेरिकी हिपहप कलाकार आईसा फुकुसिमा नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ११ गते १२:५२

११ माघ, काठमाडौं । स्थानीय तहका साथै राष्ट्रिय निर्वाचन सफलतापूर्वक सम्पन्न भई नेपाल संघीय रूपान्तरणको चरणमा रहेको अवस्थामा अमेरिकी दूतावासले अमेरिकी हिपहप कलाकार आईसा फुकुसिमालाई पुनः नेपाल ल्याउने भएको छ ।

उनको यो दोस्रो नेपाल भ्रमण हो । यसअघि २०१६ मा नेपाल आएकी थिइन् । नेपाली युवालाई लोकतन्त्रमा सहभागी बन्न प्रोत्साहित गर्नका लागि उनले आˆनो दोस्रो भ्रमणको बसाइमा यहाँ र्‍याप्टिभिजम (र्‍यापप एक्टिभिजम) मा केन्द्रित केही कार्यशाला गोष्ठी तथा प्रस्तुतिहरू दिनेछिन् ।

उनले नेपालगञ्ज र काठमाडौं उपत्यकामा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने भएकी छिन् । उनको सांगीतिक कार्यक्रम अन्तर्गत १२ गते नेपालगञ्जमा हुने कार्यक्रममा उनको ब्याण्डको साथै सुगम पोखरेल, प्रमोद खरेल सहभागी हुनेछन् । नर्तक समूह कार्टुन्ज क्रुजको पनि सहभागिता रहनेछ ।

माघ १३ गते शनिबार काठमाडौं जाउलाखेलको फुटबल मैदानमा कार्यक्रम हुने छ । कार्यक्रममा आईसा फुकुसिमा, उनको ब्याण्डको साथै दीपक बज्राचार्य तथा रिदम ब्याण्ड र लाउरे सहभागी हुने भएका छन् । नर्तक समूहहरू कार्टुन्ज क्रुज र नेपाल हिपहप फाउन्डेसनको प्रस्तुति पनि रहने भएको छ । कार्यक्रममा प्रवेशका लागि कुनै शुल्क लाग्ने छैन ।

नेपाली युवामाझ हिपहप कला लोकप्रिय विधाका रूपमा रहेको छ । तर संयुक्त राज्य अमेरिकामा सामाजिक तथा राजनीतिक अभिव्यक्ति तथा परिवर्तनलाई यसले कसरी प्रोत्साहित गरेको थियो भन्ने इतिहासबारे धेरैलाई जानकारी छैन । अल्पसंख्यक समुदायहरूलाई आवाज दिने कार्यमा सांगीतिक अभिव्यक्ति र युवा समावेशीकरणले खेल्ने महत्वपूर्ण भूमिकामाथि फुकुसिमाका कार्यक्रमहरूले प्रकाश पार्नेछन् ।

फुकुसिमा एक गायक, वक्ता, शिक्षक र र्‍यापप्टिभिस्ट हुन् । फुकुसिमाले र्‍याप्टिभिजम (र्‍याप एक्टिभिजम) नामक विश्वव्यापी परियोजनाको स्थापना गरेकी छिन् । जुन २० देश र चार महादेशमा कार्यरत छ । दमनलाई अभिव्यक्तिका माध्यमबाट संस्कृतिले कसरी चुनौती दिनसक्छ भन्ने कुरामाथि सो परियोजनाले प्रकाश पार्दछ । उनी बहुभाषी, बहुजातीय अफ्रिकी अमेरिकी जापानी महिला हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?