+
+
Shares

जनप्रतिनिधि गाउँमा, गाउँपालिका कार्यालय सदरमुकाममा

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ११ गते १६:४१

१० माघ, ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिकाको सम्पर्क कार्यालय सदरमुकाममै राखेर सञ्चालन गरिएको पाइएको छ ।

गाउँपालिकामा नभेटिएपछि कर्मचारी खोज्दै सेवाग्राही सदरमुकाम धाउनु पर्ने बाध्यता छ । गाउँपालिकाका नासु रामकाजी श्रेष्ठको घरमा कोठा भाडामा लिएर सम्पर्क कार्यालय सञ्चालन गरिएको छ ।

गाउँपालिकाको कार्यालय प्राप्चामा रहे पनि सदरमुकाममा सञ्चालन गरेको विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्वविजय शर्माले अहिले योजना सम्झौता भइरहेको, बैंक खाता सञ्चालन लगायतका काम गर्नुपरेकाले सदरमुकाबाट काम गर्नुपर्ने बाध्यता रहेको बताए । उनले प्राविधिकसमेत सदरमुकाम बस्ने भएकाले योजना काम गर्न गाउँपालिकामा समस्या रहेको दावी गरे ।

गाउँपालिकाका प्रशासन फाँटका प्रमुख समेत रहेका नासु श्रेष्ठले सदरमुकाममा आफ्नै घरको कोठामा सम्पर्क कार्यालय सञ्चालन गरेकोबारे जिज्ञासा राख्दा श्रेष्ठले गाउँपालिकाका अध्यक्षलाई सोध्न आग्रह गरे ।

गाउँपालिकाका अध्यक्ष मणिराज राईले प्राविधिक काम मिलाउन मात्रै कर्मचारी सदरमुकाम बसेको बताउँदै यस विषयमा छलफल गर्ने बताए । नागरिकलाई सेवा प्रवाहलाई सहज बनाउने काममा आफू सक्रिय रहेकाो राईको भनाइ छ ।

स्रोतका अनुसार गाउँ कार्यपालिकाको मौखिक सहमतिमै सम्पर्क कार्यालय खडा गरिएको हो । मोलुङ गाउँपालिका ७ का वडाअध्यक्ष हेम सुनुवारले कर्मचारी जिल्ला बसेर नागरिकले दुःख पाएकाले गाउँपालिकामा खटाउन माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?