+
+
Shares

राष्ट्रपतिद्वारा ३ राजदूतलाई नियुक्ति

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १२ गते १५:४१
फाइल फोटो

१२ माघ, काठमाडौं । राष्ट्रपति भण्डारीले शुक्रबार तीन राजदूत नियुक्त गरेकी छन् ।

ऋषिराम घिमिरेलाई रुसी महासंघ, झविन्द्रप्रसाद अर्यालललाई इजिप्ट र कालीप्रसाद पोखरेललाई क्यानडाको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

घिमिरेले काजकस्थान, अर्यालले जोर्डन र पोखरेलले जमाइकाको गैर आवासीय राजदूतको रुपमासमेत काम गर्नुपर्नेछ । राजदूतका लागि सरकारले सिफारिस गरेको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?