Comments Add Comment

अख्तियारमा ६ महिनामा चार सय उजुरी

१२ माघ, दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कोहलपुरमा चालु आर्थिक वर्षको ६ महिनामा चार सय ६ वटा उजुरी परेका छन् ।

कार्यालयको कार्य क्षेत्र अन्तर्गत दाङ, बाँके, बर्दिया, रोल्पा र प्युठानका गरी उक्त उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कोहलपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) इश्वर कार्कीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी बाँकेमा एक सय ६५ वटा उजुरी परेका छन् ।

सबैभन्दा कम प्युठानमा ५ वटा मात्र उजुरी परेका छन् । दाङमा एक सय ६, बर्दियामा एक सय र रोल्पामा ३० वटा उजुरी परेको कार्कीले जानकारी दिए ।

आयोगमा परेका उजुरीमध्ये करिब ४० प्रतिशत उजुरीको फर्छ्योट गरिएको छ । दाङमा सबैभन्दा बढी शिक्षा क्षेत्रमा उजुरी परेका छन् । शिक्षा क्षेत्रका २९ वटा उजुरी परेको कार्यालयले जनाएको छ ।

त्यसैगरी वनका २४ वटा, स्थानीय विकासका १३, भूमिसुधारका ७, सिंचाईका ७, स्वास्थ्यका ६, खानेपानी र भौतिक पूर्वाधारका पाँच/पाँच, पशुपंक्षी मन्त्रालय अन्तर्गतका ३, शहरी विकासका, उर्जा, कृषि, गृह र महिला बालबालिका क्षेत्रका एक/एक वटा उजुरी परेका छन् ।

आम नागरिकहरुको पहुँच अख्तियारसम्म पुगोस् भन्ने हाम्रो चाहना हो,’ एसपी इश्वर कार्कीले भने, ‘हामीले अझै उजुरी बढुन् भन्ने अपेक्षा गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment