Comments Add Comment

प्रियंकालाई ट्याक्स अफिसको चिट्ठी

उपहारको पनि कर तिर्नुपर्छ

मुम्बई । बलिउड नायिका प्रियंका चोपडालाई इनकम ट्याक्सले पत्र लेखेको छ । ट्यक्स अफिसले प्रियंकाले ६७ लाख पर्ने एक महंगो बस्तुको कर नतिरेको भन्दै कर तिर्न आग्रह गरेको थियो । तर, प्रियंकाले भने आफुलाई उपहार आएको भन्दै कर नतिरेको टिप्पणी गरेकी थिइन् ।

एक दैनिक पत्रले उल्लेख गरे अनुसार प्रियंकालाई ट्याक्स अफिसले महंगो बस्तु भएपछि उपहारको पनि कर तिर्न आग्रह गरेको छ ।

सन २०११ मा ट्यक्स अफिसले प्रियंका चोपडाको घरमा छापा मारेको थियो । जहाँ एउटा महंगो घडी र कार भेटिएको थियो । ति दुबै बस्तुको कर तिरिएको थिएन । किनकी प्रियंकाले ति दुवै वस्तु कम्पनिले आफुलाई उपहार दिएको बताउदै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment