Comments Add Comment

एकताविरुद्ध एमाले-माओवादी नेताहरुलाई नै उचाल्ने प्रयास हुँदैछः प्रचण्ड

१३ माघ, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताविरुद्ध एमाले र माओवादीकै नेताहरुलाई उचाल्ने प्रयास भइरहेको बताएका छन् ।

शनिबार दिउँसो एकीकृत अखिल नेपाल शिक्षक संगठनको आठौं चितवन जिल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘जनताले पार्टी एकतालाई अनुमोदन गरिसकेका छन् । हामीसँग एकताको कुनै बिकल्प छैन ।’

तर, यसबीचमा पार्टी एकता प्रयासमा ठूलो चूनौती सामना गर्नु परेको उनले सुनाए । ‘एउटा शक्तिले वाम गठबन्धन भत्काउन मलाई पाँच वर्षकै प्रधानमन्त्री दिने प्रस्ताव गर्यो । मैले त्यसलाई ईन्कार गरेँ’ उनले भने, ‘फेरि त्यो शक्ति एकता भत्काउन अर्कोतिर लागेको छ । एकता हुन नदिन निकै ठूला प्रयास भए ।’

एमाले र माओवादीको एकतालाई जसरी पनि सफल पार्नु पर्ने भन्दै उनले त्यसका लागि सहयोग चाहिएको बताए ।

‘कैयौं मान्छेले मलाई अस्थिर पनि भन्छन् । तिनै मान्छेहरु मलाई गतिशील पनि भन्छन्’ प्रचण्डले भने, ‘परिस्थिति हेरेर निर्णय लिने मेरो विशेषता हो । तर, म कहिल्यै पनि रणनीतिक लक्ष्यविरुद्ध जाने गरेको छैन । जनताको अभिमतविरुद्ध निर्णय गर्नु हुँदैन । विरोधीहरुका चुनौतिलाई पन्छाएर एकता सफल पार्नैपर्छ ।’

सुशासन र समृद्धिका लागि गृहकार्य गर्न एमाले र माओवादीले कार्यदल नै बनाएको भन्दै उनले भ्रष्टाचार रोक्न सके सुशासन कायम गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment