+
+

ब्राजिलमा बन्दुकधारीको हमला, १४ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १४ गते ७:१५

१४ माघ,  काठमाडौं । उत्तरपूर्वी ब्राजिलमा बन्दुकधारीले एक नाइट क्लबमा हमला गर्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

तीनवटा कारमा चढेर आएका आक्रमणकारीले फोरटालेजा नजिकको फोर्रो डो नाइटक्लबलाई निशाना बनाएका थिए ।

मृत्यु हुनेहरुमा नाबालिगसमेत छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार आक्रमणकारी लागूऔषध तस्करी समूहसँग सम्वन्धित छन् ।

गत वर्ष सीएरा प्रान्तमा ५ हजार ११४ जनाको हत्या भएको थियो जुन २०१६ को तुलनामा ५० प्रतिशत बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?