Comments Add Comment

एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर

यूएई । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) यूएईले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

अाफ्नो पूर्वघोषित कार्यक्रम अनुसार जनवरी महिनालाई स्वास्थ्य महिनाको रुपमा मनाउन २६ तारिखमा यूएईका दुई शहरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

यूएईको राजधानी अबुधाबी र अबुधाबी अन्तर्गतकै अलऐन शहरमा नेपाली लक्षित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको संघका प्रवक्ता मुन क्षेत्रीले जानकारी दिए ।

एनआरएनए युएईको आयोजना र अहलिया अस्पताल अबुधाबीको समन्वयमा युएईको अबुधाबीमा निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न भएको हो ।

उक्त शिविरमा करिब २ सयभन्दा बढी नेपालीहरुले निःशुल्क स्वास्थ्य जाँच गराएको हो ।

करिब तीन सय जना सहभागी भए पनि समय अभावका कारण बाँकी रहका करिब १ सय नेपालीहरुलाई सोही अस्पतालले आगामी हप्ता निःशुल्क स्वास्थ्य परीक्षण गराउने कार्यक्रम रहेको छ ।

अलऐनको अन्नपूर्ण ट्राभलमा आयोजित कार्यक्रममा मेडिकेयर हस्पिटलको सहकार्यमा भएको शिविरमा १०२ जनाले निःशुल्क स्वास्थ्य शिविरमा भाग लिएको संघका प्रवक्ता क्षेत्रीले जानकारी दिएका छन् ।

उक्त शिविरमा रगत परीक्षण, इसीजी, महुमेह एक्स-रे, लगायत अन्य बिरामीहरुको निःशुल्क जाँच भएको थियो ।

अबुधाबीको शिविरमा नेपाली राजदूतावास अबुधाबीका द्वितीय सचिव कृष्णप्रसाद अर्याल, श्रम काउन्सुलर भेषबहादुर कार्की लगायतका एनआरएन अभियन्ता समेतको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment