Comments Add Comment

कुवेतमा अयोजित ‘एशियन बजार’ मा नेपाली पञ्चे बाजा र गुन्द्रुक

२८ जनवरी, कुवेत । कुवेतमा ‘एशियन बजार २०१८’ कार्यक्रम अायोजना गरिएको छ ।

पाल्म बिच होटेलमा अयोजित कार्यक्रम कुवेतको व्यापारिक संस्था सीर्इर्इ नेटवर्क र एशियाली देशका राजदूतावास एवं महाबाणिज्य दूतावासहरूको संयुक्त अयोजनामा भएको हो ।

कार्यक्रममा नेपाली राजदूतावासले भिन्दै स्टल राखेर त्यसमा सहभागिता जनाएको थियो । नेपालको स्टलमा नेपालका पस्मिना शल, चिया, काष्टकला तथा हस्तकलाका सामग्रीहरू, कागजजन्य वस्तुहरू, आभूषणहरू जस्ता प्रमुख निर्यातयोग्य बस्तुहरू प्रदर्शन गरिएको थियो ।

उक्त बजारमा उपस्थित भएका कुवेती एवं अन्य विदेशीहरूले नेपाली वस्तुहरू मन पराएर खरिद समेत गरेका थिए ।

कार्यक्रममा नेपालको पर्यटकीय अाकर्षणका बारेमा आगन्तुकहरूलार्इ ब्रोस्योर, सीडी, पोस्टर जस्ता सामग्रीहरू वितरण गर्नुका साथै डकुमेन्ट्री देखाएर नेपालको पर्यटनको व्यापक प्रचारप्रसार गरिएको थियो ।

साथै उक्त बजारमा नेपालको पञ्चे बाजा, मादल, बाँसुरी जस्ता बाद्यबादन र नेपाली गीत एवं नृत्यको प्रस्तुतिव्दारा नेपालको संस्कृतिको समेत प्रचारप्रसार गरिएको थियो ।

उक्त अवसरमा सेल, फिनी, खीर, गुन्द्रुकको अचार, मम जस्ता खानाका परिकारहरू राखेर नेपालको खानाको समेत प्रचारप्रसार गरिएको थियो ।

उक्त बजारको अवलोकन गर्न अfएका व्यक्तिहरूले नेपालको पर्यटकीय साैन्दर्य एवं संस्कृति र खाना मन पराउनुका साथै नेपाल भ्रमणमा जाने इच्छा समेत व्यक्त गरेका थिए ।

उक्त बजारमा नेपालको सहभागिताको बारेमा कुवेतका प्रमुख सञ्चार माध्यमहरूले चर्चासमेत गरेका थिए ।

एशियाली देशका कूटनीतिक नियोगहरू, कुवेतका व्यापारिक संघसंस्थाहरूएवं ट्राभल एजेन्सीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमाल तथा अन्य देशका राजदूतहरू एवं सीर्इर्इ नेटवर्क कुवेतका प्रमुख कार्यकारी अधिकृतले उद्घाटन गरेका थिए ।

ठूलो संख्यामा कुवेती नागरिकहरू तथा अन्य विदेशीहरूले उक्त बजारको अवलोकन गरेका थिए । कुवेतका टेलिभिजन तथा पत्रपत्रिकाहरूले त्यसको व्यापक रूपमा प्रचारप्रसार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment