१४ माघ, काठमाडौं । अफगानी स्पिनर १६ वर्षीय मुजिव जार्डन इन्डियन प्रिमियर लिग (आईपीएल) मा आवद्ध भएका छन् ।
आईपीएलको जारी अक्सनमा उनलाई ४ करोड भारुमा किंग्स इलेभेन पञ्जाबले आवद्ध गरेको हो । यो सँगै उनी आईपीएल खेल्ने तेस्रो अफगानी खेलाडी बनेका छन् । यसअघि सनराइजर्स हैदरावादमा रसिद खान र मोहम्मद नाबी आवद्ध भएका छन् ।
जार्डन न्युजील्याण्डमा हुने आईसीसी यु – १९ विश्वकप क्रिकेटका लागि अफगानी टिमका सदस्य हुन् । उनले उक्त विश्वकप खेलेमा २१ औं शताब्दीमा जन्मिएर एक दिवसीय क्रिकेट खेल्ने पहिलो खेलाडी बन्नेछन् ।
उनी सन् २००१ को मार्च २८ मा जन्मिएका हुन् ।
प्रतिक्रिया 4