+

आईपीएल टिममा आवद्ध भएपछि सन्दिपले भने- यात्रा अब सुरु हुन्छ !

२०७४ माघ  १४ गते १९:०२ २०७४ माघ १४ गते १९:०२
आईपीएल टिममा आवद्ध भएपछि सन्दिपले भने- यात्रा अब सुरु हुन्छ !

१४ माघ, काठमाडौं । सन्दिप लामिछानेले आईपीएल टिम दिल्ली डेरडेभिल्समा आवद्ध भएकोमा खुसी व्यक्त गरेका छन् ।

आइतबार आईपीएलको अक्सनमा दिल्लीले सन्दिपलाई २० लाख भारुमा किनेको हो । यससँगै उनी आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर बनेका छन् ।

डिभिजन टूको तयारीका लागि दुबईमा रहेका सन्दिपले ट्वीट गर्दै दिल्लीमा आवद्ध हुन पाएको खुसी व्यक्त गरेका छन् ।

आफूलाई दिल्लीको खेलाडी हुँ भन्न पाउँदा खुशी लागेको भन्दै उनले भनेका छन्, ‘यात्रा अब सुरु हुन्छ !’ उनले आफ्नो लागि कामना गरिदिनेहरुलाई पनि धन्यवाद दिएका छन् ।

आईपीएल अक्सन दिल्ली डेरडेभिल्स सन्दिप लामिछाने

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय