Comments Add Comment

अमेरिकामा नेपालीका लागि हेल्प डेस्क र टोल फ्री नम्बर

१४ माघ, काठमाडौं । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाले अमेरिकावासी नेपालीहरूको सजिलोका लागि हेल्प डेस्क स्थापना गरी टोल फ्री नम्बरको सुरुवात गर्ने भएको छ ।

फेब्रुअरीको १७ तारेखदेखि टेक्ससको अष्टिनमा हेल्प डेस्क स्थापना गरी टोल  फ्री नम्बर पनि सञ्चालनमा ल्याउने एनअरएन अमेरिकाले जनाएको छ ।

अमेरिकामा रहेका नेपालीहरुलाई आपत्कालीन बाहेकका सेवाका लागि सरोकारवाला पक्षसँग सहज सम्पर्क स्थापना गराउन हेल्प डेस्क र टोल फ्री नम्बर सञ्चालन गर्न लागिएको हो ।

संस्थाकी उपाध्यक्ष तथा हेल्प डेस्क समिति संयोजक उमा कार्की थापाका अनुसार हेल्प डेस्कले अमेरिकामा रहेका नेपालीहरुलाई दक्ष र सक्षम नेपालीसँग जोडेर सहयोग गर्ने वातावरण सिर्जना गर्नेछ ।

यस टोल फ्री नम्बरमा अमेरिकाभरीबाट नै नेपालीले टेलिफोन गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment