Comments Add Comment

दुई थोपा हाँसो लिएर मनोज गजुरेल खाडी मुलुक जाँदै

फाइल फोटो

१६ माघ, काठमाडौं ।  हाँस्य कलाकार मनोज गजुरेल दुई थोपा हाँसो लिएर खाडी मुलुकको यात्रामा जाने भएका छन् । सिस्नुपानी  नेपाल र गैर आवासीय नेपाली संघको आयोजनामा गजुरेलसहितको टोली युएई, कतार र मलेसिया यात्रामा जान लागेको हो ।

‘दुई थोपा हाँसो’लाई हास्य व्यंग्य र योगसहितको जनचेतनामुलक कार्यक्रम भनिएको छ । उक्त अभियान अन्तर्गत गजुरेलसहितको टोलीले युइईमा मात्रै पाँचवटा कार्यक्रम गर्नेछ । १ फेब्रुअरीमा अबुधावीबाट सुरु हुने गजुरेलको दुबई यात्रा दुई तारेखमा अलऐन, तीन तारेखमा सारजहाँ, चार तारेखमा दुबई र पाँच तारेखमा फुजेरामा पुग्ने आयोजक गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद युएईले जानकारी दिएको छ ।

फेब्रुअरी महिनालाई ‘जनचेतना महिना’ को रुपमा मनाउने योजना अनुसार नेपाली राजदूतावास अबुधाबीको संयोजन, सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ कार्यक्रम गर्न लागिएको एनआरएन युएईले  जनाएको छ ।

उक्त कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, लक्ष्मण गाम्नाङ्गे, योग गुरु डा.राजु अधिकारी, व्यंग्य कवि टंक आचार्य सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment