Comments Add Comment

नेपालगन्जका मेयर र उपमेयरको दैनिकी : दिनभरी कार्यालयमा, राति सडकमा

१६ माघ, नेपालगञ्ज । नेपालगञ्जलगायत तराईमा हिजोआज शीतलहरका कारण निकै चिसो छ । तर नेपालगञ्ज उपमहानरगपालिकाका मेयर, उपमेयर र कर्मचारीहरु कठ्या‌ंग्रिदो जाडोको परवाह नगरी मध्यरातसम्म काममै व्यस्त हुन्छन्, त्यो पनि खुला सडकमा ।

नेपालगञ्ज फोहर र अव्यवस्थित शहरको रुपमा चिनिन थालेपछि फोहर व्यवस्थापन र ट्राफिक व्यवस्थापनका उनीहरु मध्यरातसम्म खटिएका हुन् । केही दिनयता सुर्खेतरोडमा राखिएको सडकका डिभाइडर हटाउन मेयर डा. धवलशम्शेर राणा, उपमेयर थापामगर, प्रमुख प्रशाशकीय अधिकृत हरि प्याकुरेललगायतको टोली राति ११ बजेसम्मै खटिने गरेका छन् ।

‘दिनभरी कार्यालयमा सेवा लिन आउने जनतालाई सेवा दिनै पर्‍यो, राति विकास निर्माणको काममा पनि यसो निगरानी गर्नै पर्‍यो’ मेयर डा. राणाले भने ।

फोहर थुपार्ने, निर्माण सामग्री राख्ने गरेपछि सडकमा राखिएको डिभाइडर हटाउन लागिएको उपमेयर उमा थापमगरले बताइन् । ‘घरधनीहरुले सडकमै फोहर थुपार्ने, निर्माण सामग्री राख्ने र ठेला राखेर व्यवसाय सञ्चालन गर्ने गरेपछि सडकको डिभाइडर अन्यत्र सार्न लागिएको हो’ सोमबार राति ९ बजे सुर्खेतरोडमा भेटिएकी उपमेयर थापामगरले भनिन् ‘दिउँसोमा काम गर्दा आवतजावतमा असहज हुने भएकाले राति ८ बजेदेखि डिभाइडर सारेका हौं ।’

मेयर डा. धवलशमशेर राणाको अध्यक्षतामा बसेको सर्वपक्षीय वैठकको निर्णयअनुसार सडकका डिभाइडर उठाउन शुरु गरिएको हो । अत्यन्तै गह्रुंगा डिभाइडर हटाउन दिउँसो सम्भव नभएपछि क्रेनमार्फत राति उठाउन लागिएको उपमहागनरका प्रमुख प्रशाशकीय अधिकृत हरि प्याकुरेलले बताए । ‘यात्रु आवागमन र सुरक्षाका लागि राखिएका डिभाइडर क्षेत्रभित्र कन्सट्रक्सनका सामान, ठेला राख्ने र पार्किङका कारण सवारी व्यवस्थापनमा समस्या भएपछि डिभाइडर उठाउन शुरु गरिएको हो’ उनले भने ।

नगरको ट्राफिक व्यवस्थापन सहज बनाउन पहल सुरु गरिएको उनले बताए । सुरक्षित र सहज आवागमनका लागि नगरका विभिन्न स्थानमा पार्किङ क्षेत्र पनि निर्माण गर्ने मेयर राणाले बताए । सुर्खेतरोड र सदरलाइन सडक क्षेत्रका ४७ स्थानमा पार्किङ स्थल बनाउने तयारी उपमहानगरपालिकाको छ ।

नेपालगन्ज-२० को राँझाचोकदेखि गणेशमान चोकसम्मका तीन सय २५ डिभाइडर उठाउन लागिएको उपमहानगरपालिकाले जनाएको छ ।

कतिपय डिभाइडर ग्रीन वेल्टसँगै जोडेर क्रसिङ क्षेत्रमै राखिने छ । क्रसिङ क्षेत्र धेरै भएकाले यात्रुले जथाभावी बाटो काटेर असुरक्षा बढाउनुका साथै ट्राफिकिङमा समस्या निम्त्याउन थालेपछि क्रसिङ मोडमा डिभाइडर राख्न थालिएको जिल्ला ट्रफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक होम थापाले जानकारी दिए । उनले सडकका २५ वटा क्रसिङ (मोड) मा डिभाइडर राख्ने तयारी गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment