+
+
Shares

महिन्द्रा टू हृवीलरले केयर क्बल सुविधा सुरु गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १६ गते १७:३८


१६ माघ, काठमाडौं । नेपालको लागि महिन्द्रा टू हृवीलरको आधिकारिक विक्रेता अग्निमोटो इन्कले महिन्द्रा टु हृवीलर केयर क्लव अन्तर्गत विशेष सुविधा एवं छुटको व्यवस्था गरेको छ । यस्तो सुविधा बुधवारदेखि लागू हुने भएको छ । सुरुवाती क्षणमा बुधवारदेखि शुक्रवारसम्म ३ दिनका लागि काठमाडौँ सामाखुसीको सर्भिस सेन्टरमा पि|m सर्भिसिङ्गको साथै एक्स्चेन्ज क्याम्पको व्यवस्था पनि मिलाइएको छ ।

आफ्ना ग्राहकलाई विक्रीपछिको गुणस्तरीय एवं जिम्मेवारयुक्त सेवा प्रदान गर्ने लक्ष्यसहित केयर क्लवको सेवा सुचारु गरिएको कम्पनीले जनाएको छ । यस क्लवमा आवद्ध भएपछि ग्राहकले एक वर्षमा ४ पटकसम्म निःशुल्क सर्भिसिङ्ग तथा २ पटकसम्म आफ्नो बाइक/स्कुटर वासिङ्ग तथा क्लिनिङ्ग गर्न सक्नेछन् ।

यसका अतिरिक्त जेन्यून पार्ट्सहरूको खरिदमा १० प्रतिशत, लुबि्रकेन्टको खरिदमा ५ तथा लेबर चार्जमा १५ प्रतिशतसम्म छुट पनि मिल्नेछ । यसका साथै सर्भिसिङ्गको समयमा विशेष प्राथमिकता, आधुनिक सुविधासहित बस्ने तथा अरु थुप्रै व्यवस्था पनि मिलाइएको छ । अग्नि मोटो इन्कका आधिकारिक आउटलेटहरूबाट एक हजार दुई सय रुपैयाँ -भ्याट सहित) तिरी यो विशेष सदस्यता लिन सकिनेछ ।

केयर क्लवले ग्राहकको मन जित्न सफल हुने विश्वास कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?