Comments Add Comment

यातायात व्यवसायी महासंघको महाधिवेशन भोलिदेखि, उपराष्ट्रपतिले उद्घाटन गर्ने

१६, माघ, चितवन । यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन चितवनको रत्ननगरमा बुधबार शुरु हुँदैछ ।

महाधिवेशनको सबै तयारी पूरा भएको महासंघले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने तय गरिएको छ । महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि चितवन आउन थालेका छन् ।

महासंघमा आवद्ध ३ सय सदस्य संघ/समिति र प्रालिबाट करिब २३ सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुने महासचिव पुण्यप्रसाद सिटौलाले जानकारी दिए । राष्ट्रिय महाधिवेशनबाट महासंघलाई संघीय संरचनामा लैजाने तयारी छ ।

अधिवेशनले अध्यक्ष, ३ जना वरिष्ठ उपाध्यक्ष, ८ जना उपाध्यक्ष, महासचिव, ३ जना उप-महासचिव, ३ जना सचिव, कोषाध्यक्ष र सह-कोषाध्यक्ष, १० जना वर्गीय संयोजक र ७ जना प्रदेश संयोजक सहित ८३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । १० जना सदस्य नयाँ कार्यसमितिले मनोनित गर्ने छ ।

महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालको संयोजकत्वमा १०१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेर महाधिवेशन तयारी गरिएको छ । २०७१ सालमा पनि चितवनमा भएको महाधिवेशन दोस्रोपटक पुनः चितवनमा हुन लागेको हो ।

निजी क्षेत्रका व्यवसायीको झण्डै साढे ५ खर्बको लगानी यातायातको क्षेत्रमा भएको दावी महासंघको छ । महासंघ आवद्ध विभिन्न प्रकृतिका ४ लाख सार्वजनिक सवारीसाधन सञ्चालनमा रहेको उप-महासचिव डेकनाथ गौतमले जानकारी दिए । यातायात क्षेत्रमा करिव २० लाखले रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment