Comments Add Comment

उसेन बोल्ट व्यवसायिक फुटबलर बन्दैछन् ?

१७ माघ, काठमाडौं । उसेन बोल्ट तीव्र गतिका धाबक हुन् । उनले ८ ओलम्पिक स्वर्ण जितेका छन् र १०० तथा २०० मिटर दौडमा उनको रेकर्ड छ ।

तर, जब दक्षिण अफ्रिकी शीर्ष क्लबको मैदानमा उत्रिँदा पनि उनी नकै प्रभावशाली देखिए ।

कीर्तिमानी धावक ३१ वर्षीय बोल्ट फुटबल करियर सुरु गर्न चाहन्छन् र दक्षिण अफि्रकाको शीर्ष क्लब मामालोडी सानउडानका खेलाडीहरुसँग अभ्यास गरेका हुन् । अभ्यासका क्रममा उनले एक गोल समेत गरेका थिए ।

दौडबाट सन्यास लिएका उनले मार्चमा जर्मन क्लब बोरुसिया डर्टमुन्डमा अभ्यास गर्नेछन् ।

फुटबलर बन्ने आफ्नो इच्छा रहेको भन्दै उनले भने, ‘बोरुसिया डर्टमुन्डसँग अभ्यास गर्छु । त्यसपछि मैले सक्छु कि सक्दिनँ भनेर निर्णय गर्छु ।’

म्यानचेष्टर युनाइटेडमा आवद्ध हुने उनको सपना छ । ‘यदि डर्टमुन्डले म ठीक छु भन्यो भने थप ट्रेनिङ गर्छु,’ उनले अघि भने, ‘एलेक्स फर्गुसन (म्यानचेष्टर युनाइटेडका पूर्वप्रशिक्षक)सँग पनि कुरा गरेको छु । उनले फिट भए हेर्छु भनेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment