Comments Add Comment

ट्रम्पले घोषणा गरे चार खम्बे आप्रवासन नीति, डीभी भिसा र पारिवारिक स्पोन्सर बन्द गर्ने

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा सुधार गर्न चार खम्बे नीतिको प्रस्ताव गरेका छन् ।

कार्यकाल सम्हालेको एक बर्ष पुरा भएको अबसरमा दिएको पहिलो स्टेट अफ दि युनियन सम्बोधनमा उनले चुनावताका गरेका प्रतिबद्धता पुरा गर्न चार खम्बे आप्रवासन नीति ल्याउने बताएका छन् ।

लामो समयदेखि डीभी भिषाको आलोचना गर्दै आएका ट्रम्पले त्यसलाई अन्त्य गर्दै योग्यताका आधारमा भिषा दिने नयाँ नीति ल्याउने घोषणा गरेका छन् ।

कुनै क्षमता र दक्षता नै नभएका बिदेशीलाई चिठ्ठाका आधारमा गि्रनकार्ड दिने प्रणाली सही नभएको भन्दै उनले अमेरिकालाई आबश्यक दक्षता र सीप भएका मानिसलाई गि्रन कार्ड दिने नयाँ प्रणाली ल्याउने घोषाणा गरेका छन् ।

सुरुदेखि नै डीभी प्रणालीको बिरोध गरिरहेका ट्रम्पले त्यसको अन्त्य गर्दै दक्षतामा आधारित गि्रनकार्ड प्रणाली ल्याउने बताएका हुन् ।

यसैगरी ट्रम्पले चेन माइग्रेसनलाई अन्त्य गर्ने घोषणा गरेका छन् । एक जनाले स्पोन्सर गरेर जति पनि पारिवारिक सदस्यलाई अमेरिका ल्याउन सक्ने प्रणाली सही नभएको भन्दै उनले अब पतिपत्नी र नावालकलाई बाहेक अरुलाई स्पोन्सर गर्न नमिल्ने गरी नीति बनाउने घोषणा गरेका छन् ।

यसैगरी उनले बाल्यकालमै अमेरिका ल्याइएका झण्डै १८ लाख अबैध बिदेशी बालबालिकालाई नागरिकता दिने घोषणा गरेका छन् । शिक्षा र योग्यताको सर्त पुरा गरेकाहरुलाई नागरिकता दिन सुरु गरिने उनको घोषणा छ ।
अमेरिकाले डीभी भिषा बन्द गरेमा त्यसको पहिलो असर नेपालीलाई पर्ने छ । यो प्रणाली अन्र्तगत भिषा प्राप्त गर्ने पहिलो नम्बरमा नेपालीहरु रहँदै आएका छन् ।

डीभी बन्द गरेर अमेरिकी अर्थतन्त्रका लागि चाहिने दक्ष जनशक्ति लैजाने घोषणाबाट दक्ष प्राबिधिकहरुलाइ लाभ पुग्ने छ । यसको केही फाइदा नेपाली प्रबिधि क्षेत्रमा काम गर्ने जनशक्तिले पाउनेछन् भने ठूलो फाइदाचाहिँ भारतीय सूचना प्रबिधि क्षेत्रका कामदारलाई हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment